कप प्रतियोगितामा खेलाडी तथा टोलीको मानसिकताको परिक्षा लिन्छ भने लिग फुटबलमा निरन्तरता नै सबैभन्दा महत्वपूर्ण कुरा हो। एक सिजन पूरा हुँदा कुनै पनि खेलाडीले विभिन्न टोली, रणनीति, अनेक क्षमता भएका टोली विरुद्ध खेल्नुपर्ने हुन्छ। निकै उत्कृष्ट प्रतिभा भएको र छिट्टै अनुकूल हुनसक्ने खेलाडीले मात्र लिग फुटबलको भार बोक्न सक्छन् र हरेक हप्ता उच्च स्तरमा प्रदर्शन गर्न सक्छन्।
आज हामी यस्तै खेलाडीका बारेमा कुरा गर्दैछौं जसले लिग फुटबलमा निकै उत्कृष्ट प्रदर्शन गरेका छन् र सन् २०२० बाट सबैभन्दा धेरै लिग गोल गरेका छन्। नयाँ दशकको सुरुवात देखि युरोपका टप ५ लिगमा सबैभन्दा बढी लिग गोल गर्ने शीर्ष १० खेलाडी यस प्रकार छन्:-
१०. लियोनल मेस्सी (पेरिस सेन्ट जर्मेन) – ५६ गोल
९. विसम बेन एडर (मोनाको) – ६१ गोल
८. मोहम्मद सलाह (लिभरपुल) ६२ गोल
७. ह्यारी केन (टोटह्याम हट्सपर) – ६२ गोल
६. करिम बेन्जेमा (रियल म्याड्रिड) – ६७ गोल
५. क्रिस्टियानो रोनाल्डो (अल-नासर) – ६९ गोल
४. सिरो इमोबिले (लाजियो) – ७३ गोल
३. किलियन एम्बाप्पे (पेरिस सेन्ट जर्मेन) – ७५ गोल
२. एर्लिंग हालान्ड (म्यानचेस्टर सिटी) – ८३ गोल
१. रोबर्ट लेवान्डोस्की (बार्सिलोना) – १०४ गोल