ग्वार्डीओलाले दिए सिटी छाड्ने धम्की, यदि यस्तो नभए क्लबबाट सिधै राजीनामा दिने !

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाले यदि आफ्ना खेलाडीले उपाधि दौडमा छिट्टै उचित प्रतिक्रिया नदेखाए आफूले क्लब छाड्ने संकेत गरेका छन्।

सिटी हाल प्रिमियर लिग तालिकाको दोस्रो स्थानमा रहेको छ। उनीहरु लिग लिडर आर्सनल भन्दा पाँच अंकले पछि रहेका छन्, जसले सिटी भन्दा एक खेल कम खेलेको छ। म्यानचेस्टर सिटीका प्रशिक्षकको रूपमा यसअघि नै चार प्रिमियर लिग उपाधि जितिसकेका स्पेनिस प्रबन्धकले आफ्ना खेलाडीहरुलाई जति सक्दो चाँडो आफ्नो खेल स्तर उच्च पार्न आग्रह गरेका छन्।

पछिल्ला केही वर्षमा थुप्रै सफलता पाएका आफ्ना खेलाडीको उपाधि जित्ने भोक माथि पूर्व बार्सिलोना बोसले प्रश्न उठाएका छन्। ग्वार्डीओलाले भने, “खेलाडीको रूपमा मैले लगातार ४ ला लिगा उपाधि जितें। त्यसपछि पाचौं र छैठौं सिजन म उस्तै रहिन, मेरो भोक कम भएको थियो। मलाई कसले हराउन सक्छ र भन्ने लाग्दा रियलले लगातार दुई पटक हरायो।”

“मलाई यहाँको चुनौतीको बारेमा थाहा छ तर मा त्यसैका लागि यहाँ आएको हुँ। अध्यक्षलाई यो कुरा थाहा छ। म यहाँ रहन चाहन्छु, त्यहि भएर मैले हस्ताक्षर गरेको हुँ। तर मैले मेरो टोली गुमाए वा केही गुमाए भने म यहाँ बस्दिन। यहाँ मानिस कुर्न सक्दैनन्। हामी आर्सनल भन्दा २५ अंकले पछि छैनौं, तालिकाको दोस्रो स्थानमा छौं,” उनले थपे।

प्रकाशित : , ०, ०१६:०३

कसले गरे २०२० देखि सबैभन्दा बढी लिग गोल ? रोनाल्डो-मेस्सी परे धेरै पछि, एकले त गरिसके १०० गोल !