प्रिमियर लिग लिडर आर्सनललाई म्याड्रिडले दियो ठूलो झट्का, गनर्सले ताकेको खेलाडी जान नदिने !

आफ्नो टोलीमा नियमित ९० मिनेट खेल्न नपाएपनि रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटिले फ्रेन्च स्टार एडुआर्डो कामाभिंगा आफ्नो लागि निकै महत्वपूर्ण रहेकोमा जोड दिएका छन्। फ्रेन्च स्टार म्याड्रिडको टोलीको अभिन्न अंग रहेको भन्दै उनी कतै नजाने कार्लोले दाबी गरेका हुन्।

गत आइतबार स्पेनिस सुपर कपमा आफनो टोली बार्सिलोनासँग ३-१ ले पराजित हुँदा खाराब प्रदर्शन गरेपछि उनको आलोचना हुँदै आएको छ। तर म्याड्रिडको अन्तिम खेलमा भने पूर्व रेन्नेस स्टारले म्याड्रिडका लागि पूरा ९० मिनेट खेलेका थिए, जुन खेलमा रियलले कोपा डेल रे खेलमा भिल्लारियल विरुद्ध उत्कृष्ट पुनरागमन गर्दै ३-२ को जित निकालेको थियो।

पछिल्ला केही दिनमा उनको नाम प्रिमियर लिग लिडर आर्सनलसँग जोडिएको छ। तर ती सबै अफवाहलाई खारेज गर्दै एन्सेलोटिले २० वर्षीय मिडफिल्डर आफ्नो लागि निकै महत्वपूर्ण खेलाडी भएको बताएका छन्। “यो टोली अछूत छ,” एन्सेलोटिले पत्रकार सम्मेलनमा भने, “यो [मोड्रिक र क्रुस] मात्र होइन, अन्य खेलाडी पनि हुन् जसले मैदानमा आफ्नो सबै दिन्छन्, जस्तै [डानी] सेबालोस र [मार्को] एसेन्सियोले [भिल्लारियलमा] गरे। मोड्रिक र क्रुस अछूत छन्, तर यसको मतलब यो होइन कि उनीहरूले हरेक खेल खेल्नुपर्छ।”

कामाभिंगा म्याड्रिडका लागि क्रुस र मोड्रिक जस्तै महत्वपूर्ण रहेको भन्दै उनले थपे, “कामाभिंगा अछूत छ, मोड्रिक वा क्रुस जस्तै।” एन्सेलोटिको टोलीले आइतबार एथलेटिक क्लबको सामना गर्नेछ, जो पछिल्ला तीन खेलम आ जित बिहीन छ र हाल ला लिगा तालिकामा आठौं स्थानमा छ।

प्रकाशित : , ०, ०११:१०

नेयमार र लुचोको पुनर्मिलन हुँदै, ब्राजिलको प्रशिक्षकमा एनरिके नियुक्त ?