युभेन्टसमा रोनाल्डोको स्थान लिन पुगेका खेलाडीको रियल जाने रहर !

एजेन्सी – युभेन्टसका स्ट्राइकर डुसान भ्लाहोभिक युभेन्टस छाड्ने पक्षमा रहेका छन्। विभिन्न खेल मिडियाहरुका अनुसार भ्लाहोभिक क्लब छाडेर अन्यत्र जाने पक्षमा देखिएका हुन्।

युभेन्टस आउनु भन्दा अगाडी उच्च लयमा रहेका भ्लाहोभिक पछिल्लो समय भने पहिला जस्तो उच्च लयमा छैनन्। तर पनि उनी राम्रो सम्भावना भएका खेलाडी हुन्। भ्लाहोभिकले यस सिजन युभेन्टसका लागि १५ खेल खेल्दा ७ गोल गरेका छन् भने २ असिस्ट दिएका छन्।

यी मध्ये अधिकांश गोल इटालियन लिगका क्रममा आएका हुन्। च्याम्पियन्स लिगमा त उनको प्रदर्शन खास हुन सकेन। च्याम्पियन्स लिगमा उनले ५ खेलमा मात्रै एक गोल गरेका थिए भने एक असिस्ट दिएका थिए।

युभेन्टसमा खासै खुलेर प्रदर्शन गर्न नसकिरहेकै समयमा भ्लाहोभिक युभेन्टस छाडेर नयाँ गन्तव्य तर्फ जान चाहेको विभिन्न इटालियन मिडियाहरुले जनाएका छन्। हालसालै आएको एक खबरलाई मान्ने हो भने भ्लाहोभिक युभेन्टस छाडेर रियल म्याड्रिड जान चाहन्छन्।

करिम बेन्जेमाको उमेर बढ्दै गइरहेका कारण रियललाई केहि युवा फरवार्डहरु पक्कै चाहिएको छ। रियललाई भविष्यमा बेन्जेमाको स्थान लिन सकने खेलाडी चाहिएको छ। यस्तोमा भ्लाहोभिक बेन्जेमाको उपयुक्त विकल्प हुन सक्छन्।

यसैबीच भ्लाहोभिकका एजेन्टहरुले रियललाई भ्लाहोभिक अफर गरेको खबर पनि आएको छ। भ्लाहोभिकका एजेन्टहरुले उनी रियल ट्रान्सफरका लागि सकारात्मक रहेको जानकारी गराइसकेका छन्।

यधपी रियल भने पहिला भ्लाहोभिक भन्दा राम्रा विकल्पहरुमा नजर घुमाउन चाहन्छ। अझै पनि रियलले फ्रेन्च युवा स्तर किलियन एम्बाप्पे आउने आशालाई जिवितै राखेको छ। स्मरण रहोस् भ्लाहोभिक तीनै खेलाडी हुन्, जसलाई युभेन्टसले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको स्थान लिने खेलाडीको रुपमा भित्र्याएको थियो।

प्रकाशित : , ०, ०१४:५३

रोनाल्डो अनुबन्ध गरेपछि अल-नासरको नजरमा परे प्रिमियर लिग स्टार, छिटै अनुबन्ध गर्ने दाउमा !