प्रिमियर लिग जितेरै छाड्ने योजनामा आर्सनल, रियलका युवा स्टार भित्र्याउने प्रयास सुरु !

एजेन्सी – प्रिमियर लिगको शिर्ष स्थानमा सिजनको सुरुवात देखि कायम रहेको अग्रतालाई कायमै राख्न आर्सनलले क्लबमा थप खेलाडी भित्र्याउने योजना बनाएको छ। प्रिमियर लिग उपाधि जित्नको लागि आर्सनलले जनवरी ट्रान्सफर विन्डोमा थल खलाडी भित्र्याउने योजना बनाएको हो।

विभिन्न खेल मिडियाहरुका अनुसार आर्सनलको नजर यति बेला एडुआर्डो कामाभिङ्गामा परेको छ। आर्सनलका प्रशिक्षक मिखेल आर्टेटा कामाभिङ्गाको प्रशंसक रहेको र उनलाई आर्सनलमा देख्न चाहेको बेलायती मिडियाहरुले जनाएका छन्।

अर्टेटाको टोलीले प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो अग्रता कायम राख्ने आशा राखेको छ र त्यसको लागि आर्सनलले स्क्वाड डेप्थ बढाउन चाहेको छ। कामाभिङ्गा भित्र्याउन सके उनले आर्सनललाई सिजनको अन्त्य सम्म लिगको शिर्ष स्थानमा अग्रता बनाइराख मद्दत गर्ने क्लबले आशा गरेको बताइन्छ।

२० वर्षीय क्यामाभिङ्गाले यो सिजन ला लिगामा म्याड्रिडका लागि १६ पटक खेलिसकेका छन्। तर पूर्व रेनेस स्टार पहिलो रोजाईमा भने नियमित पर्न सकिरहेका छैनन्। क्यामाभिङ्गा लालिगाको जारी सिजनमा ५ पटक मात्रै सुरुवाती ११ मा परेका छन्। आर्सनलले उनलाई लोनमा भित्र्याउन चाहेको बेलायती मिडियाहरुले बताएका छन्।

आर्सनल अहिले प्रिमियर लिगको शिर्ष स्थानमा रहेको छ। आर्सनल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा ५ अंकले अगाडी छ। आर्सनलसँग एक खेल हातमा छ। आर्सनलले सिजनका १८ खेल खेल्दा १५ खेलमा जितेको छ भने मात्रै एक खलमा हार बेहोरेको छ।

प्रकाशित : , ०, ०१०:०३

रोनाल्डो चाहन्थे च्याम्पियन्स लिगमै बस्न, बन्न चाहन्थे च्याम्पियन्स लिगको ‘गोट’ !