गयराती भएको पेरिस सेन्ट जर्मेन (पीएसजी) र साउदी अल-स्टार बीच भएको खेल धेरै तरिकाले रोमान्चक खेल भएको थियो। पीएसजीले उक्त खेल ५-४ ले जित हात पारेपनि रोनाल्डोका लागि यस खेल सम्झन लायक रहेको थियो।
किंग फाहद स्टेडियममा भएको खेलमा रोनाल्डोले दुई गोल मात्र गरेनन् तर उनकै पूर्व क्लब सहकर्मीबाट सुपर-म्यान पन्च प्रहार गरेका छन्। यी दुई टोली बीच भएको मैत्रीपूर्ण खेलको पहिलो हाफ सकिँदै गर्दा पीएसजीका गोलकिपर केलर नाभासले अन्जान रूपमा रोनाल्डोको मुखमा मुक्का प्रहार गर्न पुगे। नाभासको उक्त पन्च अल-स्टार टोलीलाई पेनाल्टी प्रदान गर्न पर्याप्त रह्यो जसमा रोनाल्डोले निकै उत्कृष्ट तरिकाले गोल गर्दै आफ्नो टोलीलाई खेलमा बराबरीको स्थितिमा पुर्याएका थिए।
Keylor Navas punch Ronaldo in the face #AlNassr #ronaldovsmessi #CR7𓃵 pic.twitter.com/M2rmSMP9En
— Danilo Danilo (@DaniloMirante) January 19, 2023
कोस्टारिका गोलकिपरको त्यस्तो गल्तीबाट अनुमान लगाउन सकिन्छ मत्रिपूर्ण खेल भएपनि उक्त खेल कत्तिको प्रतिस्प्पर्धत्मक थियो। यसबाहेक उक्त खेलमा पीएसजीका जुआन बर्नाटले रातो कार्ड पनि पाएका थिए भने मैदानको वातावरण पनि निकै उत्कृष्ट रहेको थियो।