पूर्व खेलाडीका अनुसार मेस्सी नभई यी खेलाडीका कारण अर्जेन्टिना बनेको थियो विश्वच्याम्पियन !

एजेन्सी – अर्जेन्टिनाका पूर्व गोलकिपर ह्युगो गाट्टीले अर्जेन्टिनाको विश्वकप जितको मूख्य आधार लियोनेल मेस्सी नरहेको दावी गरेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा गाट्टीले अर्जेन्टिना विश्वकप च्याम्पियन्स बन्नुमा मूख्य भूमिका मेस्सी भन्दा पनि अन्य खेलाडीको रहेको बताएका हुन्।

मेस्सीले विश्वकपभर राम्रो प्रदर्शन गरेपनि अर्जेन्टिनाका गोलकिपरले बलहरू कभर गर्ने देखि पेनाल्टी जित्ने सम्म सबै कार्य गरेको गाट्टीले बताए। मेस्सी भन्दा बढी निर्णायक अर्जेन्टिनाका गोलरक्षक देखिएको उनले दावी गरे।

विश्वकपको फाइनलमा मेस्सी भन्दा पनि अर्जेन्टिनाका गोलरक्षकले अन्तिम समयमा महत्वपूर्ण गोल जोगाएर अर्जेन्टिनालाई विश्वकप उपाधि नजिक पुर्याउने कार्य गरेको गाट्टीको भनाई छ।

“मेस्सीभन्दा गोलकिपर महत्वपूर्ण थिए। उनले आधारभूत बलहरू कभर गरे, उनले पेनाल्टीहरू पनि जिते। सबैभन्दा निर्णायक खेलाडी गोलकिपर थिए। खेलको समयमा उनी केहि गोल रोक्नबाट चुके तर खेलको अन्तिम समयमा भने उनी निर्णायक देखिए। मेरो लागि मेस्सी निर्णायक थिएनन्।”,गाट्टीले भने।

सो अन्तर्वार्ताका क्रममा गाट्टीले विश्वकप जितेपनि मेस्सी डिएगो म्याराडोनाको स्तरमा अपुग्न नसक्ने दावी गरे। पहिला पेलेलाई कसैले पछि पार्न नसकेको जस्तै अर्जेन्टिनामा अपनी म्याराडोनालाई कसैले पछि पार्न नसक्ने उनको दावी छ।

उनले भने,”उनको [मेस्सी] को विश्वकप अपेक्षाकृत राम्रो थियो। तर विश्वकप जितेपनि उनी कहिल्यै म्याराडोना भन्दा उत्कृष्ट र राम्रो हुने छैनन्। अहिले सम्म पेलेलाई कसैले पनि उछिनेको छैनन्। त्यस्तै यता अर्जेन्टिनामा म्याराडोनालाई कसैले पछि मार्न सक्दैन।”

प्रकाशित : , ०, ०१६:२३

रियल म्याड्रिड माथि पुन: चढ्यो गत सिजनको माता, २ गोलले पछि परेपनि गर्यो कम्ब्याक !