रुडिगर भित्र्याएकोमा रियललाई पछुतो, अब दुई खेलाडी माथि नजर ! को-को ?

एजेन्सी – गत सिजनमा तहल्का मच्चाएको रियल म्याड्रिड जारी सिजनमा भने कम्जोर देखिन थालेको छ। सिजनको ठीकठाक सुरुवात गरेपनि रियल म्याड्रिड पछिल्लो समय भने कम्जोर देखिन थालेको हो।

वर्तमान टोली कम्जोर देखिन थालेसँगै रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले क्लबमा केहि खेलाडीहरु भित्र्याउने योजना बनाएका छन्। क्लबमा अहिले रहेका एक खेलाडीको स्थान लिन सक्ने खेलाडी सक्दो छिटो खोज्न पर्ने निर्णयमा पेरेज पुगेको स्पेनिस मिडियाहरुले जनाएका छन्।

स्पेनिस मिडियाहरुका अनुसार पेरेज क्लबका डिफेन्डर एन्टोनियो रुडिगरको प्रदर्शनलाई लिएर खासै सन्तुष्ट छैनन्। रुडिगरले अपेक्षा गरिए अनुरुप प्रदर्शन गर्न नसकेका कारण उनको स्थानमा अन्य खेलाडीलाई क्लब ल्याउन पेरेजले चाहेका छन्।

रुडिगर गत समर ट्रान्सफर विन्डोमा मात्रै चेल्सीबाट रियल म्याड्रिड आइपुगका हुन्। तर रियल आएदेखि उनको प्रदर्शन पहिला जस्तो हुन सकिरहेको छैन। डिफेन्डरले आफूलाई नियमित स्टार्टरको रूपमा स्थापित गर्न संघर्ष गरिरहेका छन्।

सान्टियागो बर्नाबेउमा आएदेखि उनले लस ब्लान्कोसका लागि मात्र २२ खेल खेलेका छन्। बार्सिलोना विरुद्ध स्पेनिस सुपरकोपा फाइनलमा ३-१ को लज्जास्पद हार पछि रुडिगरसँग पेरेज झनै रुष्ट भएको एल नेसियोनलले जनाएको छ।

जसकारण पेरेज उनको स्थानमा इन्टर मिलानको मिलान स्क्रिनियार वा भिल्लारियलका पाउ टोरेसलाई क्लबमा भित्र्याउन चाहेका छन्। सम्भव भए दुई खेलाडी, नभए एक खेलाडी मात्रै भएपनि भित्र्याउने पेरेजको योजना रहेको बताइन्छ।

प्रकाशित : , ०, ०१०:०२

सुआरेजले भने – ‘मेस्सी र मैले पूरा जीवन सँगै प्लान गरेका थियौं’