एम्बाप्पेलाई रियल भन्दा लिभरपुल पठाउने पक्षमा पिएसजी !

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी) फ्रेन्च युवा स्तर किलियन एम्बाप्पेलाई रियल म्याड्रिड भन्दा पनि लिभरपुल पठाउने सोचमा देखिएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार पिएसजी एम्बाप्पे रियल भन्दा पनि लिभरपुल जाउन् भन्ने पक्षमा रहेको छ।

द एथलेटिकका अनुसार, पेरिसियनहरू खेलाडीलाई रियल म्याड्रिड जानबाट रोक्न चाहन्छन्। पिएसजी एम्बाप्पे कुनै पनि हालतमा रियल नजाउन् भन्ने पक्षमा रहेको द एथलेटिक जनाएको छ।

फ्रान्सेली क्लबका प्राविधिक निर्देशक, एन्जेलो हेनरिकले अगस्टमा मर्सीसाइड क्लबले ४ सय मिलियनको आश्चर्यजनक ट्रान्सफर शुल्क खर्च गर्न सके एम्बाप्पे लिभरपुल जान सक्ने बताएका थिए। उनले भने जस्तो ४ सय मिलियन खर्च गर्न सक्ने अवस्थामा भने लिभरपुल छैन।

पछिल्लो समय लिभरपुल नै पिएसजीको कतारी लगानीकर्ता कतार स्पोर्ट्स इन्भेस्टमेन्टले किन्ने चर्चा चलिरहेको छ। यस चर्चाकै बीच पिएसजी एम्बाप्पेलाई लिभरपुल जान दिने पक्षमा रहेको खबर बाहिर आएको हो।

विभिन्न बेलायती मिडियाहरुका अनुसार कतारले प्रिमियर लिगको दिग्गज लिभरपुललाई प्राथमिकतामा राखेको छ। डेली टेलिग्राफले रिपोर्ट गरेको छ कि क्लबको बिक्री प्रक्रिया छिट्टै सुरु हुन सक्ने सम्भावना देखिएको छ र लिभरपुल किन्न सबै भन्दा बढी कतार इच्छुक देखिएको छ।

ब्लूमबर्गले यस महिनाको सुरुमा रेड्स दोहामा रहेको शेयरहोल्डिङ संस्था कतार स्पोर्ट्स इन्भेष्टमेन्टको रुचि रहेको दाबी गरेको थियो। सबै ठीक गएको खण्डमा छिट्टै नै कतारले लिभरपुललाई किन्न सक्छ।

कतारले लिभरपुल किनेको खण्डमा एम्बाप्पे पिएसजीमै अड्किनुपर्ने छैन। एकै क्लबको लगानी हुने हुँदा सहज तरिकाले एम्बाप्पेको लिभरपुलमा ट्रान्सफर हुन सक्नेछ।

प्रकाशित : , ०, ००९:३५

रुडिगर भित्र्याएकोमा रियललाई पछुतो, अब दुई खेलाडी माथि नजर ! को-को ?