फुटबल इतिहास कै सबैभन्दा महँगो टिकेट लिएर मेस्सी भर्सेस रोनाल्डोको खेल हेर्ने भए यी व्यापारीले !

साउदी अरबका एक व्यापारीले भिआइपी सुइटमा बसेर लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो आमनेसामने भएको हेर्न २२.२ मिलियन पाउण्ड खर्च गरेका छन्।

रोनाल्डो आफ्नो क्लब अल-नासर र राजधानी रियाद प्रतिद्वन्द्वी अल-हिलालका खेलाडीलाई मिलाएर बनेको अल-स्टार ११ को कप्तानी गरेर मध्य पूर्वमा आफ्नो स्थानान्तरणपछि पहिलो पटक खेल्न लागेका छन्। अर्कोतर्फ, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट मेस्सीले खेल्ने अपेक्षा गरिएको छ।

यस्तोमा, विश्वभरका फुटबल समर्थकले सम्भवत अन्तिम पटक हुन सक्ने मेस्सी विरुद्ध रोनाल्डो भिडन्त हेर्नका लागि दर्शकहरूले किंग फहद अन्तर्राष्ट्रिय रंगशालामा बिहीबार साँझको खेलको आनन्द लिनको लागि ठूलो रकम खर्च गरिरहेका छन्। साउदी अरेबियामा यति धेरै कोलाहल मच्चिएको छ कि एक वीआईपी टिकट सात अङ्कको महँगो शुल्कमा लिलामी भएको छ।

उक्त टिकटका लागि बोली £२२०,००० बाट सुरु भएको थियो। अभूतपूर्व र आकर्षक प्याकेज अन्ततः घर जग्गा व्यवसायी मुशर्रफ बिन अहमद अल-घामदीले £२.२ मिलियनको प्रस्ताका साथ जितेका छन्। यो इतिहासको सबैभन्दा महँगो फुटबल टिकट रहेको छ, जुन खेलमा पीएसजी सुपरस्टार किलियन एमबाप्पे र नेयमार पनि सम्मिलित हुनेछन्।

प्रकाशित : , ०, ०१६:२९

क्रिस्टियानो र मेस्सी बीच उत्कृष्ट खेलाडी छाने रोनाल्डोले, कसलाई रोजे त ?