साउदी अल स्टार ११ को सामना गर्ने टोलीबाट दुई खेलाडी आउट !

एजेन्सी – साउदी अल स्टार ११ को सामना गर्दा पेरिस सेन्ट जर्मेन(पिएसजी)का दुई स्टार भने सो खेलमा नहुने भएका छन्। चोटका कारण पिएसजीका दुई नियमित खेलाडीले साउदी अल स्टार ११ विरुद्धको खेल गुमाउने भएका हुन्।

रियाद इलेभेन विरुद्धको मैत्रीपूर्ण खेलको लागि मार्को भेराट्टी र नोर्डी मुकि उपलब्ध नहुने भएका छन्। साउदी टोलीको सामना गर्नु अगाडी मङ्गलबार नै पिएसजीले दुई खेलाडी साउदीमा हुने खेलका लागि उपलब्ध नहुने जानकारी गराएको हो।

इटालियन मिडफिल्डर भेराट्टी दायाँ तिघ्राको मांसपेशीको चोटबटा निको हुन बाँकी रहेको छ। यधपी उनी अर्को हप्ता प्रशिक्षणमा फर्कने अपेक्षा गरिएको छ।

राइट ब्याक मुकिलेको ह्यामस्ट्रिङमा समस्या देखिएको छ। केहि दिन उनी माथि जाँच चल्नेछ। उनको समस्यालाई पिएसजीका डाक्टरहरुले विशेष निगरानी राखिरहेका छन्। दुवै खेलाडी पिएसजीकै प्रशिक्षण केन्द्रमा हुनेछन्। दुवैलाई अहिले आराम गर्न समय दिइएको छ।

यद्यपी क्रिष्टियानो रोनाल्डोको कप्तानीमा हुने टोली विरुद्धको मैत्रीपूर्ण खेलका लागि पिएसजीका अधिकांश सुपरस्टारहरू उपलब्ध हुने अपेक्षा गरिएको छ। पिएसजी र साउदी अल स्टारको खेल विहीबार रियादस्थित किंग फाहद रंगशालामा हुनेछ। खेल नेपाली समयअनुसार रातको १०:४५ बजे सुरु हुनेछ।

स्टार फरवार्डद्वय क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी दुई वर्षपछि आमने-सामने हुन लागेका हुन्। पछिल्लो पटक मेस्सी र रोनाल्डोको भेट सन् २०२० डिसेम्बरमा भएको थियो। च्याम्पियन्स लिगमा बार्सिलोना र युभेन्ट्स बीच भेट हुँदा दुई स्टारको भेट भएको थियो। त्यसपछि यी दुई आमने-सामने भएका छैनन्।

प्रकाशित : , ०, ०१५:२४

फुटबल इतिहास कै सबैभन्दा महँगो टिकेट लिएर मेस्सी भर्सेस रोनाल्डोको खेल हेर्ने भए यी व्यापारीले !