बंगलादेश फुटबल महासंघ (बीएफएफ) का अध्यक्ष काजी सलाहुद्दिनले सन् २०२२ को फिफा विश्वकप विजेता अर्जेन्टिनाले जुनमा बंगलादेश भ्रमण गर्न वार्ता गरिरहेको पुष्टि गरेका छन्।
लियोनेल स्कालोनीको टोलीसँग दक्षिण एसियाली देशमा बसोबास गर्ने फ्यानहरूको ठूलो समूह रहेको छ। बंगलादेशी फ्यानले विश्वकपमा अर्जेन्टिनाको सफलताको खुसी मनाउँदै गरेको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको थियो। ला अल्बिसेलेस्टेले यसअघि सन् २०११ मा भारतको साल्ट लेक स्टेडियममा भएको मैत्रीपूर्ण खेलमा भेनेजुएलासँग खेल्दा दक्षिण एसियाको भ्रमण गरेको थियो। लियोनल मेस्सीको टोलीले उक्त खेल १-० ले जितेको थियो।
र अब उनीहरुको बंगलादेश भ्रमण निश्चित हुने कगारमा रहेको देखिन्छ। ढाका ट्रिब्यूनसँग कुरा गर्दै बीएफएफ अध्यक्ष सलाहुद्दीनले भने, “बंगलादेशमा अर्जेन्टिनाको प्रस्तावित भ्रमण लगभग फाइनल भइसकेको छ। अब छलफल नियम र सर्तहरूमा मात्रै बाँकी छ।” अर्जेन्टिनाले फ्रान्सलाई हराउँदै सन् २०२२ को फिफा विश्वकपको सबैभन्दा रोमाञ्चक विश्वकपको फाइनल जित्न सफल भएको थियो।
फाइनल खेल अतिरिक्त समयमा ३–३ गोलको बराबरीमा सकिएपछि ला अल्बिसेलेस्टेले पेनाल्टी सुटआउटबाट जित सुनिश्चित गरेको थियो। कप्तान मेस्सीले दुई गोल गरे र सुटआउटमा आफ्नो पेनाल्टीलाई गोलमा परिणत गरेका थिए। उनले कतार विश्वकप २०२२ मा सात गोल गरे र तीन सहयोग प्रदान गर्दै गोल्डेन बलको विजेता घोषित भए।