यदि आइतबार यसो भयो भने प्रिमियर लिग उपाधि होडमा हुनेछ युनाइटेडको इन्ट्री !

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर कयौं वर्ष देखि सफलता कुरिरहेको छ। युनाइटेडले पछिल्ला कयौं वर्ष देखि राम्रो असफलता देख्न पाएको छैन। पछिल्ला वर्षहरुमा धेरै प्रशिक्षक भोगिसकेको युनाइटेडमा नयाँ प्रशिक्षक एरिक टेन ह्यागले परिवर्तनको आधा देखाएका छन्।

टेन ह्यागको आगमन पछि युनाइटेडले आकर्षक फुटबल खेल्न सुरु गरेको छ। युनाइटेडको खेल क्रमिक रुपमा सुध्रिरहेको देख्न सकिन्छ। प्रिमियर लिगको आधा सिजन सकिनै लाग्दा युनाइटेड प्रिमियर लिग उपाधिका लागि टक्कर दिन सक्ने अवस्थामा उभिएको छ।

म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगको जारी सिजनमा अहिले सम्म १८ खेल खेलेको छ। जसमा उसले १२ खेल जितेको छ भने ४ खेलमा आहार बेहोरेको छ। २ खेलमा बराबरी खेल्दा युनाइटेडले ३८ अंक बटुलेको छ।

युनाइटेड र तेस्रो स्थानमा अरहेको न्यूक्यासलको बराबरी अंक रहेको छ। फरक के छ भने न्यूक्यासलले युनाइटेड भन्दा एक बढी खेल खेलेको छ। यस्तै दोस्रो स्थानमा रहेको सिटी मात्रै एक अंकले अगाडी रहेको छ। १८ खेलबाट सिटीले ३९ अंक बटुलेको छ।

यस्तै शिर्ष स्थानको आर्सनलले १८ खेलबाट ४७ अंक बटुलेको छ। आर्सनलले प्रिमियर लिगको जारी सिजनमा अहिले सम्म मात्रै एक खेलमा हार बेहोरेको छ। यस बीचमा आर्सनलले १५ खेलमा जित निकालिसकेको छ।

आउने आइतबार आर्सनल र युनाइटेड आमने-सामने हुँदैछन्। आर्सनलको घरेलु मैदानमा दुई आइतबार आमने-सामने हुन लागेका हुन्। आइतबार दुवै टोली जितको खोजिमा हुनेछन्। आइतबार आर्सनल घरेलु मैदानको फाइदा उठाउँदै सिजनको पहिलो हार चखाएको युनाइटेडसँग बदला लिने दाउमा हुनेछ।

प्रिमियर लिगको यस अगाडीको खेलमा यी दुई युनाइटेडको घरेलु मैदानमा आमने-सामने भएका थिए। त्यसबेला युनाइटेडले आर्सनललाई नमिठो हार चखाएको थियो। त्यसबेला युनाइटेड ३-१ को गोल अन्तरले पराजित गरेको थियो। त्यो नै आर्सनलले यस सिजन भोगेको हार हो।

आर्सनललाई पराजित गरेको खण्डमा युनाइटेड प्रिमियर लिग उपाधि प्रतिष्पर्धामा सहभागी हुनेछ। आर्सनललाई पराजित गर्न सके युनाइटेडको ४१ अंक हुनेछ। त्यस अवस्थामा युनाइटेड आर्सनल भन्दा मात्रै ६ अंकले पछि हुनेछ।

युनाइटेडले आर्सनललाई पराजित गर्दा म्यानचेस्टर सिटीलाई पनि फाइदा पुग्नेछ। युनाइटेडको जितले सिटीलाई अंक दूरी घटाउने अवसर मिल्नेछ। तर त्यसको लागि सिटीले पनि आगामी खेलहरुमा जित निकाल्नुपर्नेछ।

प्रकाशित : , ०, ०११:३२

विश्व विजेता अर्जेन्टिना दक्षिण एशिया आउने, मैत्रीपूर्ण खेल खेल्न मेस्सी आउने तय ?