एजेन्सी – म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालाण्डले फरवार्ड रियाद महरेजका कारण आफू सिटी आइपुगेको संकेत गरेका छन्। एक कुराकानी गर्नेक्रममा हालाण्डले सिटीआ फरवार्ड महरेजका कारण आफू सिटी आइपुगेको संकेत गरेका हुन्।
हालाण्डका अनुसार सन् २०२१मा हालाण्ड र महरेज बीच ग्रिसको माइकोनोसमा भेट भएको थियो। त्यसक्रममा महरेजले म्यानचेस्टर सिटीको वातावरण बारे हालाण्डलाई बताएका थिए।
सिटीटिभीका लागि महरेज र हालाण्डले एक अर्काको अन्तर्वार्ता लिएका थिए। त्यसक्रममा एक समर्थकको प्रश्न राख्दै महरेजले माइकोनोसमा भएको भेटले हालाण्डलाई सिटी आउन प्ररित गरेको हो भन्दै सोधेका थिए।
सो प्रश्नको जवाफ दिनेक्रममा हालाण्डले बताएकी सो भेटमा महरेजले सिटीको हरेक दिन रम्न सकिने राम्रो वातावरण बारे जानकारी गराएका थिए। एक खेलाडीलाई चाहिने राम्रो वातावरण सिटीमा रहेको महरेजले बताएपछि आफूले सिटी जाने निर्णय गरेको हालाण्डले बताए।
उनले भने,”हामीले धेरै कुरा गरेनौं, तर तपाईले मलाई सिटी आउँदा राम्रो हुन्छ भन्नुभएको थियो। त्यसबेला सिटीमा राम्रो वातावरण रहेको पनि तपाईले बताउनु भएको थियो। खेलाडीलाई राम्रो वातावरणको आवश्यकता हुन्छ र हरेक दिन रमाइलो गर्न मिल्दा राम्रो हुन्छ। सिटी आउने निर्णय गर्नका लागि त्यो पर्याप्त थियो।”
हालाण्ड गत समर ट्रान्सफर विन्डोमा मात्रै सिटी आइपुगेका हुन्। सिटी आइपुग्ने बितिकै हालाण्डले सिटीका लागि उच्च प्रदर्शन गरिरहेका छन्। हालाण्डले सिजनको सुरुवात देखि नै उच्च प्रदर्शन गर्न सुरु गरेका थिए।
हालाण्डले सिटीका लागि सबै प्रतियोगितामा अहिले सम्म कुल २४ खेल खेलेका छन्। जसमा उनले २७ गोल गरेका छन्। यस बीचमा उनले ३ असिस्ट पनि दिसकेका छन्।
प्रिमियर लिग मात्रको कुरा गर्ने हो भने हालाण्डले १७ खलमा २१ गोल गर्दै ३ असिस्ट दिएका छन्। हालाण्ड प्रिमियर लिगका शिर्ष गोलकर्ता रहेका छन्। यता च्याम्पियन्स लिगमा पनि उनले राम्रो प्रदर्शन गरिरहेका छन्। हालाण्डले ४ खेलमा ५ गोल गरेका छन्।