बार्सिलोना अध्यक्ष माथि कडा प्रहार, मेस्सीलाई सहि व्यवहार गर्न नसकेको आरोप !

एजेन्सी – बार्सिलोना अध्यक्षका पूर्व उम्मेदवार भिक्टर फन्टले क्लबका वर्तमान अध्यक्ष जोआन लापोर्टाको चर्को आलोचना गरेका छन्। एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा फन्टले लापोर्टाको चर्को आलोचना गरेका हुन्।

सन् २०२१ मा अध्यक्ष पदका लागि भएको निर्वाचनमा फन्ट लापोर्टासँग पराजित भएका थिए। लापोर्टाको आलोचनामा उत्रिएका उनले बार्सिलोनालाई पहिलाको जस्तो अवस्थामा लैजान कुनै ठोस कदम चाल्न नसकिएको बताए। लियोनेल मेस्सी माथि क्लबले राम्रो व्यवहार गर्न नसकेको उनले आरोप लगाए।

अन्तर्वार्ताका क्रममा फन्टले क्लबका अधिकारीहरुको तर्फबाट बार्सिलोनालाई पूरानो अवस्थामा फर्काउन कुनै ठोस निर्णय नभएको प्रति दुख व्यक्त गरे। आगामी समयमा क्लबको अवस्था सुधारका लागि आवश्यक कदम चालिनेमा फन्ट आशावादी भने पक्कै देखिए।

“मेस्सी हुनको अवस्थामा बार्सिलोना फर्किन सकिरहेको छैन। हामी आशा गरौं कि क्लबले उचित निर्णय लिनेछ र सबै कुराको सही विश्लेषण गर्नेछ। भावना, बारबेक्यू र दृढ संकल्पले मात्रै क्लबको अवस्था सुधार्न त सक्दैन।”,फन्टले भने।

त्यस्तै उनले क्लबको आर्थिक अवस्था सुधारका लागि चालिएका कदमको आलोचना समेत गरे। गत समर ट्रान्सफर विन्डोमा बार्सिलोनाले नयाँ खेलाडी भित्र्याउनका लागि क्लबको टेलिभिजन अधिकारको केहि हिस्सा बिक्री गरेको थियो।

त्यसलाई उनले क्लबको सम्पत्ति घटाउने कदमको संज्ञा दिए। बार्साले समर ट्रान्सफर रोबर्ट लेवान्डोस्की, राफिन्हा, एन्ड्रियास क्रिस्टेनसेन, जुलेस कौंडे र फ्रान्क केसीजस्ता व्यक्तिहरूको आगमनलाई फन्ड गर्न चार आर्थिक लिभरहरू सक्रिय गरेको थियो।

प्रकाशित : , ०, ०११:४३

रोनाल्डो बारे प्रश्न गर्दा टेन ह्यागले भने-“अब उनी मेरो टोलीमा छैनन्, मलाई कुनै मतलब छैन”