युनाइटेडका अर्का टार्गेट पनि उछिट्याउने लिभरपुलको दाउ !

एजेन्सी – सन् २०२१-२२ को सिजनमा तहल्का मच्चाएको लिभरपुलले सन् २०२२-२३ को सिजन सुरु भएपछि भने खास प्रदर्शन गर्न सकेन। विश्वकप अगाडी सम्म लिभरपुलको कम्जोर लय जारी थियो। लगातार खेलाडीहरु घाइते हुँदा लिभरपुल पर्न सम्म समस्यामा पर्यो।

कुनै एक समयमा त लिभरपुलका झन्डै एक दर्जन खेलाडीहरु नै घाइते भएका थिए। तर अहिले त्यो संख्या घट्ने क्रममा छ। खेलाडीहरु घाइते भएका कारण लिभरपुललाई निरन्तर समस्या परिरहेको छ।

यसलाई समाधान गर्न लिभरपुलले केहि खेलाडीहरु भित्र्याउने योजना बनाएको छ। लिभरपुलले जनवरी ट्रान्सफर विन्डोको पहिलो खेलाडीको रुपमा नेदरल्यान्ड्सका विंगर फरवार्ड कोडी गाक्पोलाई भित्र्याउने पक्का भइसकेको छ।

गाक्पोको विषयमा पीएसभी आइन्डहोभन र लिभरपुल सहमत भइसकेका छन्। गाक्पो भित्र्याउने दौडमा लामो समय देखि प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड थियो। तर युनाइटेडलाई चक्मा दिँदै लिभरपुल गाक्पोलाई हाइज्याक गर्न सफल रह्यो।

यसैबीच युनाइटेडका अर्का टार्गेट माथि पनि लिभरपुलले नजर लगाइरहेको छ। युनाइटेडले अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेजलाई भित्र्याउन चाहेको छ। तर फर्नान्डेज माथि लिभरपुलको पनि नजर रहेको छ।

गाक्पो भित्र्याउन सकिने पक्का भएसँगै लिभरपुलको ध्यान फर्नान्डेज तर्फ केन्द्रित भएको बेलायती मिडियाहरु बताउँछन्। लिभरपुलले आफ्ना स्रोतहरु फर्नान्डेजमा केन्द्रित गरेको बताइएको छ। फर्नान्डेजका प्रतिनिधिहरुसँग छिट्टै सम्पर्क गर्ने लिभरपुलको तयारी रहेको छ।

प्रकाशित : , ०, ००८:४७

प्रिमियर लिगमा युनाइटेडको तहल्का, तीन खेलाडीले गरे गोल !