विश्वकपको दुख भुलेर पिएसजी फर्किए नेयमार !

एजेन्सी – ब्राजिलियन स्टार नेयमार फ्रान्स फिर्ता भएका छन्। विश्वकपको क्वाटरफाइनलमा क्रोएसियासँग पराजित भएपछि रुँदै बाहिरिएका नेयमार अन्ततः पेरिस सेन्ट जर्मेन(पिएसजी) फिर्ता भएका हुन्।

नेयमार पिएसजीको मंगलबारको प्रशिक्षणमा सहभागी भएका छन्। नेयमार मंगलबारबाट प्रशिक्षणमा सहभागी भएको जानकारी क्लबले सामाजिक संजाल मार्फत जानकारी दिएको छ। पिएसजीले नेयमारको तस्विरपनि सार्वजनिक गरेको छ।

नेयमार सन् २०२२-२३ को सिजनको सुरुवात देखि उच्च लयमा रहेका थिए। यधपी चोटका कारण नेयमारले विश्वकपमा त्यति धेरै राम्रो प्रदर्शन गर्न भने सकेनन्। विश्वकपमा नेयमारले तीन खेल्दा २ गोल गरे भने एक असिस्ट पनि दिए।

विश्वकपमा सहभागी हुनु भन्दा अगाडी नेयमार उच्च लयमा थिए। नेयमारले विश्वकपमा सहभागी हुनु भन्दा अगाडी पिएसजीका लागि कुल २० खेल खेलेका थिए। जसमा उनले १५ गोल गरेका थिए भने १२ असिस्ट दिएका थिए।

विश्वकप जित्ने योजना सहित सहभागी भएपनि ब्राजिल क्वाटरफाइनल भन्दा अगाडी बढ्न सकेन। ब्राजिल क्वाटरफाइनलमा क्रोएसियासँग पराजित भएको थियो। ब्राजिल विश्वकपबाट बाहिरिँदा नेयमार स्तब्द भएका थिए। उनलाई अन्य खेलाडीहरुले सम्हाल्न परेको थियो।

प्रकाशित : , ०, ०१९:५९

प्रिमियर लिगमा चेल्सीको महत्वपूर्ण जित !