एमी मार्टिनेजको आलोचना गर्नेलाई डि मारियाले भने-“अन्तै गएर रुनु तिमीहरु”

अर्जेन्टिनाका फरवार्ड एन्जेल डि मारिया र फ्रान्सका पूर्व डिफेन्डर आदिल रामीले एमी मार्टिनेजको फिफा विश्वकपको फाइनल खेलमा गरेको हर्कतको विषयमा शब्दको आदानप्रदान गरेका छन्।

यो जोडी अर्जेन्टिनाको विश्वकप फाइनलमा फ्रान्समाथिको जितमा मार्टिनेजको कार्य र त्यसपछि किलियन एम्बाप्पे र लेस ब्लुसको खिल्ली उडाएकोमा विवादमा परेका छन्। रामीले आफ्नो इन्स्टाग्राम खातामा डिसेम्बर २२ मा पोस्ट गरे, एमी मार्टिनेजलाई “फुटबलमा ****को सबैभन्दा ठूलो छोरा” को रूपमा वर्णन गरेका थिए।

एन्जेल डि मारियाले यो कुराको हावा लागेपछि प्रतिक्रिया दिँदै लेखे, “एल दिबु संसारको उत्कृष्ट गोलकिपर। अरू कतै गएर रुनुहोला।” त्यसपछि, रामीले जवाफ फर्काउँदै भने: “के तिमी मलाई सिकाउँदैछौ एन्जेल!?”

विश्वकपको फाइनलमा ला अल्बिसेलेस्टेले पेनाल्टी सुटआउटमा ४–२ ले लेस ब्लुसमाथि अविश्वसनीय जित निकालेको थियो। अर्जेन्टिनाको नायक भए पनि एमी मार्टिनेज धेरैका लागि खलनायक बनेका छन्। अतिरिक्त समयमा थपिएको समयमा फ्रान्सका फरवार्ड रान्डल कोलो मुआनीको स्पष्ट गोल गर्ने मौकालाई विफल पार्दै उनले खेललाई ३–३ को बराबरीमा समाप्त गरेका थिए। एस्टन भिल्ला शट-स्टपरले ला अल्बिसेलेस्टे सुटआउट सफलतामा किंग्सले कोमनको पेनाल्टी पनि बचाएका थिए।

यद्यपि, उनको कार्यको आलोचना भएको छ, किनकि उनले युवा खेलाडी ओरेलियन चौआमेनीलाई बल फ्याँक्दै विचलित पार्ने प्रयास गरेको देखियो। अवार्ड समारोहको क्रममा, एमी मार्टिनेजले लुसेल स्टेडियममा फ्रान्सेली समर्थकहरूतर्फ अवार्ड देखाएर विश्वकपको गोल्डेन ग्लोभ जितेको खुशी मनाए।

भिल्ला स्टपरले ब्यूनस आयर्समा अर्जेन्टिनाको विजय परेडमा फ्रान्सेली नायक एमबाप्पेको अनुहार खेलौनामा लगाएर समातेका थिए। डिडियर डेसचम्प्सको पक्षको उनले उडाएको खिल्लीको रामी सहित धेरैले निन्दा गरेका छन्, तर एन्जेल डी मारिया अब आफ्नो गोलकिपरको रक्षामा आएका छन्।

प्रकाशित : , ०, ०१६:४३

विश्वकप जितेपछि बधाई दिन घर मै पुगेका पूर्व बार्सिलोना दम्पतीलाई मेस्सीले दिए यस्तो विशेष सन्देश !