सन् २०२२ को विश्वकपको फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई हराउँदा लियोनल मेस्सी र किलियन एमबाप्पे सबै समयको सबैभन्दा ठूलो फुटबल खेलमा एकअर्काको विरुद्धमा गएका थिए। धेरैले सबै समयको उत्कृष्ट विश्वकप फाइनल मानेको उक्त खेलले तत्कालै आर्थिक नतिजा पनि ल्याएको छ।
फ्रान्सेली आउटलेट एल’एकुइपे अनुसार, पेरिस सेन्ट-जर्मेन, दुबै सुपरस्टारहरू खेल्ने टोलीले यी दुई खेलाडीको जर्सीको बिक्रीमा लगभग २००% वृद्धि देखेको छ। यस वृद्धि मध्ये, ४०% खरीददार संयुक्त राज्यबाट भएको भनिएको छ, जसले उनीहरुको प्रदर्शनले पारेको विश्वव्यापी प्रभावको वर्णन गर्छ। नकआउट चरणहरूमा मेस्सी आफ्नो उत्कृष्ट प्रदर्शनमा थिए र फाइनलमा आफ्नो लय जारी राख्दै उनले दुई गोल गरे र पेनाल्टी सुटआउटमा आफ्नो स्पट किकलाई गोलमा परिणत गरे, जसको मद्दतमा अर्जेन्टिनाले फ्रान्सलाई एक प्रसिद्ध खेलमा पराजित गरेको थियो। अर्कोतर्फ, एमबाप्पे सनसनीपूर्ण थिए, जो १९६६ मा जियोफ हर्स्ट पछि विश्वकप फाइनलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने।
यो जोडीको उत्कृष्ट प्रदर्शनले विश्वभरि नै आफ्नो ख्याति र प्रभाव बढाएको छ र पीएसजीले यसको पूरा फाइदा लिने पक्का छ। यसका साथै पेरिस क्लबका लागि अर्को पनि निकै उत्कृष्ट खबर रहेको छ। फ्रेन्च च्याम्पियन्ससँग स्टार खेलाडी लियोनल मेस्सीले आफ्नो बसाई लम्ब्याउँने पक्का भएको छ।