मेस्सीसँग मिलेर तहल्का मच्चाएका युवा भित्र्याउन हानथाप, तीन क्लब आमने-सामने !

एजेन्सी – विश्वकप अगाडी खासै सुनिएको नाम होइन एन्जो फर्नान्डेज। तर विश्वकप पछि भने सर्वत्र उनकै चर्चा छ। विश्वकपभर कप्तान लियोनेल मेस्सीसँग उनको धेरै राम्रो तालमेल देखिएको थियो।

मेक्सिकोविरुद्धको समूह चरणको खेलमा उनले उत्कृष्ट गोल गरेका थिए। पहिलो खेलमा साउदी अरेबियासँग हारेपनि सो खेलमा उनको प्रदर्शन उत्कृष्ट थियो। क्रोएसियासँगको सेमिफाइनलमा पनि उनले कम्जोर प्रदर्शन गरेनन्। अर्जेन्टिनाको जितमा उनले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका थिए।

सो खेलमा उनले मेस्सीसँग धेरै राम्रो तालमेल गरेका थिए। उक्त खेलमा उनले मेस्सीसँग मात्रै ६२ पास खेलेका थिए। क्लबको कुरा गर्ने हो भने उनी पोर्चुगिज क्लब बेन्फिकामा आवद्ध छन्। गत समर ट्रान्सफर विन्डोमा मात्रै उनी त्यहाँ पुगेका हुन्। उनका लागि बेन्फिकाले ८ दशमलभ ६ मिलियन पाउण्ड खर्च गरेको थियो।

बेन्फिकाले खर्च गरेको सो रकम कयौं गुणा बढ्ने लगभग पक्का भएको छ। विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेसँगै फर्नान्डेज युरोपका ठूला भन्दा ठुला क्लबको नजरमा छन्। उनलाई युरोपका धेरै क्लबहरुले भित्र्याउन चाहेका छन्।

पछिल्लो अपडेटका अनुसार युरोपका मुख्य तीन क्लब बीच उनका लागि प्रतिष्पर्धा हुने भएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) समेत फर्नान्डेज भित्र्याउने दौडमा सामेल भएसँगै प्रतिष्पर्धा रोचक बन्ने भएको हो।

फर्नान्डेज भित्र्याउने दौडमा यस अगाडी देखि नै रियल म्याड्रिड र लिभरपुल छन्। दुवै क्लबले फर्नान्डेजलाई सक्दो छिटो भित्र्याउन चाहेका छन्। त्यस्तै लिभरपुललाई पनि फर्नान्डेज यहि जनवरी ट्रान्सफर विन्डोमा चाहिएको छ। पिएसजीले पनि फर्नान्डेजमा चासो देखाएपछि उनका लागि जुनसुकै क्लबले पनि उच्च रकम खर्च गर्न पर्ने अवस्था शिर्जना भएको छ।

प्रकाशित : , ०, ००८:५९

विश्वकप र्यालीमा थेग्न नसक्ने भिड, खेलाडीहरु हेलिकप्टरबाट भागे !