“विश्वकप फाइनलमा अर्जेन्टिनाले झेली गर्यो”

एजेन्सी – क्रिस्टल प्यालेसका पूर्व अध्यक्ष साइमन जोर्डनले र्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजको आलोचना गरेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा जोर्डनले मार्टिनेजको आलोचना गरेका हुन्।

टकस्पोर्टसँग कुराकानी गर्नेक्रममा जोर्डनले विश्वकप फाइनलमा मार्टिनेजले झेली गरेको आरोप लगाए। फाइनलमा मार्टिनेजले फ्रान्सका खेलाडीहरुलाई दबावमा राख्न गरेको हर्कतहरुको खुलेर आलोचना गरे।

“मलाई लाग्छ, ती हर्कतहरु गरेर मार्टिनेजले झेली गरे। बल समात्नु र अर्को तरिकाले फ्याँक्नु झेली नै त हो। मलाई लाग्दैन कि यो गेमम्यानशिप थियो। यसलाई खेलको हिस्सा मान्न सकिँदैन।”,जोर्डनले भने।

उनका अनुसार मार्टिनेजलाई त्यस्ता हर्कतहरु गर्न दिइनु हुँदैनथ्यो। बल समातेर अगाडी बढाएको बल रेफ्रीले समेत नजरअन्दाज गरेकोमा जोर्डन आक्रोशित देखिए। मार्टिनेजले ‘गेमम्यानशिप’ देखाउन नसकेको जोर्डनको भनाई छ।

उनले भने,”रेफ्रीले गोलकिपरलाई परिस्थितिहरू हेरफेर गर्न, दबाब बढाउन, बल यता उता गर्न दिनु हुँदैनथ्यो। त्यसक्षणमा रेफ्रीबाट पनि त्रुटी भयो।”

भएको के थियो ?

खेल टाइब्रेकरमा गएपछि फ्रान्सको तर्फबाट पहिलो पेनाल्टी किलियन एम्बाप्पेले प्रहार गरेका थिए। त्यसपछि किंग्सले कोमनको प्रहारलाई मार्टिनेजले रोके। त्यसपछि औरेलिएन चुआमेनीले पेनाल्टी प्रहार गर्न आउँदा मार्टिनेजले ‘माइन्ड गेम’ खेले।

चुआमेनी पेनाल्टी प्रहारका लागि अगाडि बढ्दा पेनाल्टी प्रहारका लागि अगाडि बढे बललाई अगाडी बढाएका थिए। जसकारण बल लिन रियल म्याड्रिड मिडफिल्डरले केहि पाइला चाल्नपरेको थियो।

प्रकाशित : , ०, ०१५:२४

रोनाल्डो जान सक्छन् पिएसजीको प्रतिद्वन्दी क्लबमा, छलफल भएको खुलासा !