एम्बाप्पेलाई कडा टक्कर दिएका खेलाडी बायर्नलाई पनि चाहियो, लिभरपुललाई कडा टक्कर !

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुललाई जर्मन क्लब बायर्न म्युनिखले टक्कर दिने भएको छ। विश्वकपमा उच्च प्रदर्शन गरेका मिडफिल्डरलाई भित्र्याउने मामलामा बायर्नले लिभरपुललाई कडा टक्कर दिने भएको हो।

विश्वकपमा उच्च प्रदर्शन गरेका मोरोक्कोका सोफयान अम्राबात अहिले चर्चामा छन्। विशेष गरेर उनलाई प्रिमियर लिग क्लब लिभरपुलले भित्र्याउन चाहेको छ। उनलाई जनवरी ट्रान्सफर विन्डोमै भित्र्याउने लिभरपुलको चाहना छ।

तर लिभरपुलको सो योजना सहजै पूरा भने हुन सक्ने छैन। अब सो दौडमा जर्मन महारथी बायर्न पनि सामेल भएको छ। सिजनको सुरुवात देखि नै लिभरपुल खेलाडी घाइते हुने समस्याका कारण तनावमा छ। लिभरपुललाई यहि जनवरी ट्रान्सफर विन्डोमा नयाँ खेलाडी चाहिएको छ। त्यसमा पनि विशेषगरी लिभरपुललाई मिडफिल्डर चाहिएको छ।

त्यस्तै बायर्नले पनि च्याम्पियन्स लिगको नकआउटमा पेरिस सेन्ट जर्मेन(पिएसजी)को सामना गर्नु अगाडी नयाँ खेलाडी भित्र्याएर आफ्नो स्क्वाडलाई बलियो बनाउन चाहन्छ। अम्राबातलाई भित्र्याएर पिएसजीलाई च्याम्पियन्स लिगमा कडा टक्कर दिने बायर्नको योजना रहेको छ।

भर्खरै सकिएको विश्वकपमा अम्राबातले उच्च प्रदर्शन गरेका थिए। उनीसँगै अन्य खेलाडीहरुको उच्च प्रदर्शनकै कारण मोरोक्कोले सेमिफाइनल सम्मको यात्रा तयार गरेको थियो। फ्रान्स विरुद्धको सेमिफाइनल भिडन्तमा किलियन एमबाप्पेलाई उनले राम्रोसँग पछ्याउन सकेका थिए। साथै उनले एम्बाप्पेलाई उत्कृष्ट ट्याकल समेत गरेका थिए।

प्रकाशित : , ०, ००७:०४

मेस्सीले तोडे रोनाल्डोको इन्स्टाग्राम रेकर्ड !