पुनः चर्चामा एम्बाप्पेको भविष्य, चार क्लबको कान ठाडो !

एजेन्सी – सन् २०१८ को विश्वकप विजेता फ्रान्सले यस पटक उपाधिको रक्षा गर्न सकेन। सेमिफाइनलमा मोरोक्कोलाई पराजित गरेसँगै फ्रान्स विश्वकप उपाधि रक्षा गर्ने धेरै नजिक थियो। आइतबार राति अर्जेन्टिनाको सामना गर्दा फ्रान्सले गज्जब खेल्यो। खेलको अन्तिम सम्म विश्वकप उपाधि रक्षा गर्ने छनक देखायो।

फ्रान्सको आकर्षक खेलको मध्यमा थिए युवा स्टार किलियन एम्बाप्पे। एम्बाप्पेले खेलभर निकै राम्रो प्रदर्शन गरे। फ्रान्सको तर्फबाट खेलभर भएका सबै गोल एम्बाप्पेले नै गरेका थिए। विश्वकप फाइनलमा एम्बाप्पेले ह्याट्रिक नै पूरा गरेका थिए। खेल टाइब्रेकरमा जाँदा पनि एम्बाप्पेले पेनाल्टीमा कुनै गल्ती गरेनन्।

विश्वकप सकिएको एक दिन नबित्दै यति बेला एम्बाप्पेको भविष्य चर्चामा छ। पछिल्लो समय एम्बाप्पे पेरिस सेन्ट जर्मेन(पिएसजी)मा सन्तुष्ट नरहेको खबर यस अगाडी नै गरिएको हो। जसकारण एम्बाप्पेको भविष्यलाई लिएर चासो बढेको छ।

विश्वकपमा उच्च प्रदर्शन गरेका एम्बाप्पे माथि धेरै क्लबको नजर रहेको छ। एम्बाप्पेलाई भित्र्याउन प्रिमियर लिगका तीन र लालिगाको एक क्लब गरी कुल चार क्लबले भित्र्याउन चाहेको रिपोर्टहरु आइरहेका छन्।

खबरका अनुसार प्रिमियर लिगबाट म्यानचेस्टर युनाइटेड, चेल्सी र लिभरपुलले एम्बाप्पेलाई भित्र्याउन चाहेका छन्। लालिगाबाट भने रियलले एम्बाप्पेलाई भित्र्याउन चाहेको छ। एम्बाप्पेले पिएसजी छाड्ने निर्णय नै गरेपनि उनले जनवरी ट्रान्सफर विन्डोमा भने क्लब परिवर्तन गर्ने छैनन्।

प्रकाशित : , ०, ०२०:१४

अन्तर्राष्ट्रिय फुटबलबाट बेन्जेमाको सन्यास !