एजेन्सी – उरुग्वेका स्ट्राइकर लुइस सुआरेजले विश्वकप जितेकोमा पूर्व सहकर्मी लियोनेल मेस्सीलाई बधाई सन्देश पठाएका छन्। सुआरेजले सामाजिक संजाल मार्फत मेस्सीलाई बधाई दिएका हुन्।
अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई पराजित गर्दै विश्वकप जितेसँगै सुआरेजले मेस्सीको तस्विर राख्दै मेस्सीलाई बधाई दिएका छन्। त्यसक्रममा उनले जसले जे भने पनि मेस्सी सबै भन्दा उत्कृष्ट खेलाडी रहेको बताउन छुटाएका छैनन्। साथै सुआरेजले सो सन्देश जारी गर्नेक्रममा मेस्सी ‘गोट’ रहेको पनि संकेत गरेका छन्।
“बधाई छ मेरो साथी ! विश्व च्याम्पियन ! जसलाई जे भन्नु छ भनुन्, तर तिमी जहिले पनि उत्कृष्ट छौ र रहिरहने छौ।’,सुआरेजले सामाजिक संजाल मार्फत मेस्सीलाई बधाई दिँदै भनेका छन्।
झण्डै एक महिना लामो कतार विश्वकप आइतबार अन्त्य भएको छ। अन्ततः आफ्नो अन्तिम विश्व कपमा लियोनल मेस्सी अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन सफल भएका छन्। विश्वभरबाट समर्थकहरुले बधाई दिने क्रम जारी छ।
मेस्सीलाई ठूला-ठूला फुटबल व्यक्तित्वहरुले पनि बधाई दिरहेका छन्। मेस्सीलाई यस अगाडी ब्राजिलका नेयमार र महान फुटबलर पेलेले पनि बधाई दिएका थिए। गएको केहि समय देखि स्वास्थ्य समस्यासँग जुधिरहेका पेलेले मेस्सी र अर्जेन्टिनालाई बधाई दिनेक्रममा आफ्ना मित्र डिएगो म्यारोडोनालाई पनि स्मरण गरेका छन्।
सदाजस्तै आज फुटबलले आफ्नो कथाको निरन्तरता पाएको छ । लियो मेसीले आफ्नो विश्वकप जितेका छन् । उ त्यसका लागि उनीहरु हकदार थिए’, ८२ वर्षे पेलेले साउ पाउलोको अस्पतालबाट इन्स्टाग्राममा लेखेका थिए ।