अन्तराष्ट्रिय स्तरबाट ब्रेक लिने तयारीमा नेयमर, अब फर्केनान् कि सन्यास ?

क्वार्टरफाइनलमा क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि नेयमार र ब्राजिलले सन् २०२२ को फिफा विश्वकपबाट ह्रदयविदारक रूपमा बाहिरिनु परेको थियो।

पेरिस सेन्ट जर्मेन (पीएसजी) का सुपरस्टारले खेलको अतिरिक्त समयमा शानदार गोल गरे तर उनको गोल ब्राजिलका लागि सेमिफाइनल पुग्न पर्याप्त साबित भएन। अतिरिक्त समयको दोस्रो हाफको अन्त्यमा क्रोएसियाले गोल गर्दै खेल पेनाल्टी सुटआउटमा धकेलेको थियो। रोड्रिगोको प्रयासलाई डोमिनिक लाभिकोभिकले राम्रोसँग बचाए र मार्क्विनहोसले पोस्टमा प्रहार गरे। नेयमारले आफ्नो पेनाल्टी किक लिने मौका पनि पाएनन्।

सेलेकाओस प्रतियोगिताबाट बाहिरिएपछि नेयमारको आँखा रसाएको देखियो। यसैबीच, एल’एकुइपेका अनुसार फुटबल तथा नेयमार प्रशंसकहरूले उनलाई ब्राजिलको जर्सीमा देख्न केही समय लाग्न सक्छ। पीएसजीका सुपरस्टारले राष्ट्रिय टोलीबाट केही महिनाको ब्रेक लिने अपेक्षा गरिएको छ। उनले महत्वपूर्ण खेलहरू सुचारु भएपछि फर्कने विचार गर्नेछन्।

आफ्नो टोली विश्वकपबाट बाहिरिए पनि सुपरस्टार नम्बर १० ले क्रोएसिया विरुद्ध क्वार्टर फाइनल भिडन्तमा व्यक्तिगत रेकर्ड भने बनाएका छन्। क्रोएसिया विरुद्धको उनको शानदार गोल पूर्व बार्सिलोना स्टारको अन्तर्राष्ट्रिय करियरको ७७ औं गोल थियो। अब उनी आफ्नो देशको इतिहासमा सर्वाधिक गोलकर्ताको रुपमा पेलेको बराबरीमा छन्। बार्सिलोनाका पूर्व सुपरस्टारले सेलेकाओसका लागि १२४ खेल खेलिसकेका छन्। ७७ गोल गर्नुका साथै नेयमारको नाममा ५६ असिस्ट पनि छन्।

प्रकाशित : , ०, ०११:३२

फ्रान्स विरुद्धको खेल हारेपछि मोरक्कोले दियो फिफालाई उजुरी, झेली भएको आरोप !