फाइनल पुग्न सकेन मोरोक्को, तर पनि रमाइरहे मोरक्कोका समर्थक !

काठमाडौँ – विश्वकप इतिहासमा कुनै पनि अफ्रिकन राष्ट्र सेमिफाइनल पुग्दा मोरक्को पहिलो टोली बन्यो। साबिक विजेतासँगस स्तब्ध हुँदा ऐतिहासिक यात्रा सेमिफाइनलमै टुङ्गियो। साबिक विजेतासँग खेलमा पराजित भए पनि मोरक्कोको यात्रा उनीहरूका लागि गौरवमय रह्यो। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

कतार विश्वकपका ६ खेलमा मोरक्कोले सनसनीपूर्ण नतिजा निकाल्यो। समूहचरणको पहिलो खेलमै मोरक्कोले गत संस्करणको उपविजेता क्रोएसियासँग अंक बाँड्दै आफू कतार विश्वकप २०२२ मा डार्कहर्स रहेको संकेत गरेको थियो। दोस्रो खेलमा बेल्जियमलाई स्तब्ध पार्दै मोरक्कोले अन्तिम १६ प्रवेशको सम्भावना बलियो पारेको थियो। तेस्रो खेलमा क्यानडामाथिको जितसँगै मोरक्कोले समूहविजेताका रूपमा अन्तिम १६ को टिकट काट्यो।

अन्तिम १६ र क्वार्टरफाइनलमा क्रमशः स्पेन र पोर्चुगललाई हराउँदै मोरक्कोले विश्वकपको सेमिफाइनल प्रवेश गर्ने पहिलो अफ्रिकी टोलीको इतिहास रच्यो। यसअघि क्यामरुन, सेनेगल र घानाले पनि क्वार्टरफाइनलमा स्थान बनाए पनि त्योभन्दा अघि बढ्न सकेका थिएनन्। फ्रान्ससँगको हारपछि पनि समर्थकले मोरक्कोको समर्थन गरिरहे।

खेलपछि फ्रान्सका समर्थकले ‘हामी फाइनल प्रवेश ग¥यौ’ भन्ने गीत गाइरहँदा मोरक्कोका समर्थक आफ्नो देशको झन्डासहित फुटबल टोलीले रचेको गर्विलो इतिहासको खुसियाली साटासाट गरिरहेका थिए। उनीहरूको बुझाइ थियो-फ्रान्ससँगको हारले विश्वकपको उपाधि यात्रामा ब्रेक लागेको हो, फुटबलमा अझै गर्न सक्छौं भन्ने साहसमा होइन।

क्लब र बारमा खेल हेर्न जम्मा भएका केही दर्शकसमेत मोरक्कोको समर्थन गरिरहेका भेटिएका थिए। त्यहीँ भेटिएका एक २२ वर्षे युवक फ्रान्सको जितमा रमाइरहेका थिए साथसाथै मोरक्कोको लडाइँप्रति सम्मान प्रकट गरिहेका थिए। उनी आइतबार फाइनलमा आफ्ना उत्कृष्ट खेलाडी अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई हेर्न आतुर देखिएका छन्।

प्रकाशित : , ०, ००९:५०

अन्तराष्ट्रिय स्तरबाट ब्रेक लिने तयारीमा नेयमर, अब फर्केनान् कि सन्यास ?