रोनाल्डो र रोमारियोसँग तुलना गरिएका खेलाडीलाई रियलले भित्र्यायो !

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले ब्राजिली युवा प्रतिभा एन्ड्रिक फिलिपेलाई क्लबमा अनुबन्ध गर्न सफल भएका छन् । पाल्मेइरस र रियल म्याड्रिडले सम्झौताको अवधि नखुलाएपनि रियलले एन्ड्रिकलाई लामो समयसम्मको लागि अनुबन्ध गरिएको खुलेको छ । रियलले १६ वर्षीय सेन्टर फरवार्ड एन्ड्रिक फिलिपेलाई ६ वर्षको लागि ५ करोड १० लाख पाउण्डमा अनुबन्ध गरिएकाे बुझिएकाे छ ।

एन्ड्रिकले अर्को हप्ता स्पेनमा आफ्नो नयाँ क्लबमा भ्रमण गर्ने बताइएको छ । १६ वर्षीय फरवार्ड, जसलाई ब्राजिलका उत्कृष्ट आगामी प्रतिभाहरू मध्ये एक मानिन्छ । उनी जुलाई २०२४ पछि मात्रै युरोपेली तथा स्पेनिस च्याम्पियन रियलसँग सामेल हुनेछन् । एन्ड्रिक पाल्मेइरसको इतिहासमा सबैभन्दा कान्छो खेलाडी र गोलकर्ता दुवै हुन् ।

फिफाको नियमले १८ वर्ष मुनिका खेलाडीलाई विदेश ट्रान्सफर गर्न निषेध गरेको कारण यस्तो भएको हो । युरोपमा १८ वर्ष पुरा नभएसम्म स्थानान्तरणको गर्न नपाउने प्रावधान छ । त्यसकारण उनको सान्टियागो बर्नबेउ आगमन २ वर्ष टाढिएको हो ।

‘म पाल्मेइरसलाई सधैंको लागि मेरो हृदयको क्लबलाई धन्यवाद दिन्छु, जसले मलाई आज यो स्थितिमा ल्याएको छ । मेरो धेरै सपनाहरू पूरा गर्न मद्दत गरेकोमा र मेरो इच्छा र मेरो परिवारको सम्मान गरेकोमा म क्लबलाई धन्यवाद दिन चहान्छु ।’ एन्ड्रिकले पाल्मेइरस वेबसाइटलाई भने, ‘म रियल म्याड्रिडमा नआउञ्जेल, म आफूलाई समर्पण गरिरहनेछु किनकि मैले सधैं आफूलाई मैदानमा पाल्मेइरसलाई अझ बढी प्रस्ताव गर्न सक्षम हुन समर्पित गरेको छु ।’

ब्राजिली क्लबका अध्यक्ष लीला परेराले हामीले ब्राजिलियन फुटबलको इतिहासमा सबैभन्दा ठूलो सम्झौता पूरा गरेको बताएका छन् । ‘रियल म्याड्रिडको प्रस्ताव एन्ड्रिकको विशाल प्रतिभासँग मिल्दोजुल्दो छ र हामीले वार्ताको सुरुवातदेखि स्थापित गरेका खेलकुद र वित्तीय लक्ष्यहरूसँग मेल खान्छ ।’ अध्यक्ष लीला परेराले थपे ।

पाल्मेइरसका यि प्रतिभावान् फरवार्डलाई क्लबमा भित्र्याउन युरोपका ठूला क्लबहरुले चासो देखाएपनि रियलले बार्सिलोना, पिएसजी र चेल्सीले प्रयास गरेपनि रियलले बाजी मारेको हो ।

बाया खुट्टामा अद्भुत कला रहेका एन्ड्रिकले पालमेरियाको जुनियर टिमबाट १६९ खेलमा १६५ गोल गरिसकेका छन् । यसै सिजन पाल्मेइरसको सिनियर टोलीमा खेलिरहेका उनले ७ खेलमा ३ गोल गरिसकेका छन् । उनले ब्राजिलको यु१७ टोलीबाट ४ खेलमा ५ गोल गर्दा उनी ब्राजिलको यु२० टोलीमा पनि समावेश भइसकेको छ ।

उनलाई ब्राजिलका लेजेन्ड रोनाल्डो र रोमारियोसँग तुलना गरिएको छ । उनको आइडल भने पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डो हुन् । यि युवा प्रतिभालाई ब्राजिलको फुटबलको सम्भावनाको रुपमा हेरिएको छ ।

रियलले सन् २०१७ मा त्यतिबेला १६ वर्षका भिनिसियस जुनियरलाई ब्राजिली क्लब फ्लामेंगोबाट तथा २०१८ मा १७ वर्षीय रोड्रिगोलाई सान्तोसबाट अनुबन्ध गरेको थियो । अहिले यि दुई खेलाडी रियलको मुख्य खेलाडी बनिसकेका छन् ।

प्रकाशित : , ०, ००८:५५

‘ह्वेर इज मेस्सी’ भन्ने साउदी समर्थकको बदलियो मन, अर्जेन्टिनाको पक्षमा लागे !