मेस्सीको समर्थनमा रियल म्याड्रिडका स्टार, भन्छन् – ‘अर्जेन्टिनाले जित्दा गलत हुँदैन’

एजेन्सी – रियल म्याड्रिडका स्टार टोनी क्रुसले लियोनेल मेस्सीको अविश्वसनीय करियरलाई ध्यानमा राख्दै २०२२ फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनाले जित्दा गलत नहुने दाबी गरेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा क्रुसले अर्जेन्टिनाले विश्वकप जिते गलत नहुने बताएका हुन्।

रियल म्याड्रिडमा रहेका फ्रेन्स खेलाडीहरुका कारण आफू फ्रान्सको समर्थनमा हुने भएपनि अर्जेन्टिनाले विश्वकप जित्दा राम्रै हुने क्रुसले बताए। मेस्सीको करियरका कारण अर्जेन्टिनाले विश्वकप जित्दा गलत नहुने क्रुसको भनाई छ।

“विश्वकप फाइनल? व्यक्तिगत कारणले भन्नुपर्दा फ्रान्सले जितोस् भन्ने चाहन्छु। किनकि त्यहाँ औरेलिएन चुआमेनी र कामाभिङ्गा छन्। र्कोतर्फ, इमान्दारीपूर्वक भन्नुपर्दा मेस्सीको अविश्वसनीय करियरका आधारमा अर्जेन्टिनाले विश्वकप जित्दा गलत हुनेछैन।”,क्रुसले भने।

जर्मनीबाट विश्वकप जितिसकेका क्रुस यसपटकको विश्वकपमा भने सहभागी भएनन्। जर्मनीले सन् २०१४ मा विश्वकप जित्दा क्रुस जर्मन टोलीको महत्वपूर्ण हिस्सा थिए। सन् २०१४ मा विश्वकप जितेयता जर्मन टोलीले त्यति राम्रो प्रदर्शन गर्न सकिरहेको छैन। सन् २०१८ र यस पटकको विश्वकपमा जर्मन टोली दुवै पटक समूहचरणबाटै बाहिरियो।

त्यस्तै यस पटकको विश्वकप फाइनलमा अर्जेन्टिना र फ्रान्स भिड्दै छन्। सन् २०१४ को विश्वकप फाइनल सम्म पुगेको अर्जेन्टिनाका लागि विश्वकप जित्ने अर्को मौका मिलेको छ। फ्रान्स भने गत संस्करणको विजेताको रुपमा विश्वकपमा सहभागी छ। फ्रान्स लगातार दोस्रो पटक विश्वकप जित्ने दाउमा छ।

प्रकाशित : , ०, ०२१:३०

पोर्चुगलका प्रशिक्षक सान्तोस बर्खास्त !