विश्वकप फाइनलमा पुगेपछि मेस्सी बारे रुनीले भने-“केही परिवर्तन भएको छैन, मेस्सी नै सर्वश्रेष्ठ हुन्”

इङ्ल्यान्डका पूर्व स्टार वायन रुनीले मंगलबार (डिसेम्बर १३) २०२२ फिफा विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३-० ले हराएपछि लियोनल मेस्सी ‘सबै समयका उत्कृष्ट फुटबलर’ हुन् भन्ने आफ्नो धारणामा परिवर्तन नभएको बताएका छन्।

अल्बिसेलेस्टेले भत्रेनीलाई निकै उत्कृष्ट तरिकाले पराजित गर्दै फाइनलमा प्रवेश गर्यो र अब लुसेल स्टेडियममा आइतबार हुने उपाधि निर्णायकमा मोरक्को वा डिफेन्डिङ च्याम्पियन फ्रान्ससँग खेल्नेछ। मेस्सीले ३४औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाउँदा जुलियन अल्भारेजको दोस्रो र अर्जेन्टिनाका लागि तेस्रो गोलमा उत्कृष्ट असिस्ट गरेका थिए।

पहिले देखि नै अर्जेन्टिनी कप्तानको ठूला फ्यान रहेका रुनीले बार्सिलोनाका पूर्व स्टारको बारेमा आफ्नो पुरानो टिप्पणीलाई रिट्वीट गर्दै पीएसजी स्टार नै सर्वोत्कृष्ट भएको दाबी गरे। उनले लेखे, “केही परिवर्तन भएको छैन। 🤷🏻‍♂️🐐” उनको पुरानो टिप्पणी, मार्च ८, २०१२ मा यस्तो थियो, “मेस्सी एक मजाक हो। मेरो लागि अहिलेसम्मकै उत्कृष्ट हो।”

रुनीको त्यो २०१२ टिप्पणी मेस्सीले च्याम्पियन्स लिगमा बायर लेभरकुसेन विरुद्ध पाँच गोल गरेपछि आएको थियो। लगभग ११ वर्ष बितिसक्यो, र अर्जेन्टिनी स्टार अझै पनि फुटबल जगतमा राज गरिरहेका छन्। पाँच गोल र तीन असिस्टसहित मेस्सीले जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। उनी अब गोल गर्ने तालिकाको शीर्ष स्थानमा किलीयन एमबाप्पेसँग बराबरीमा आएका छन्।

प्रकाशित : , ०, ०१५:२३

एम्बाप्पे लगातार दुई खेलमा चुक्दा मेस्सीलाई फाइदा, गोल्डेन बुटमा मेस्सीकै अग्रता !