नेदरल्याण्डस् हराएको अर्जेन्टिना माथि हुन सक्छ कारवाही, खुल्यो फाइल !

एजेन्सी – सेमिफाइनल प्रवेशका लागि विश्वकपको क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्याण्डस् आमने-सामने भए। तनावपूर्ण बनेको खेल ट्राइब्रेकर सम्म नै लम्बियो। खेलको पहिलो हाफमै अग्रता बनाएपनि नेदरल्याण्डले अन्तिम समयमा बराबरी दुई गोल थप्दा खेल ट्राइब्रेकर सम्म लम्बिएको थियो।

दुई टोली बीच विभिन्न पटक तनाव तनावको अवस्था शिर्जना भएको थियो। दुई टोली बीचको तनाव खेलपछि समेत जारी थियो। पेनाल्टी सुटआउट पछि अर्जेन्टिनी खेलाडीहरुले नेदरल्याण्डस्का खेलाडीहरुलाई गिज्याएका थिए। साथै नेदरल्याण्डस्का पूर्व खेलाडी तथा अधिकारीहरुलाई अर्जेन्टिनाको तर्फबाट निक्याउने काम भएको थियो।

अब सो विषयमा फिफाले अनुसन्धान गर्ने भएको छ। विभिन्न खेल मिडियाहरुका अनुसार फिफाले सन् २०२२ को फिफा विश्वकपको क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्धको जितपछि खेलाडीले गरेको व्यवहारको लागि लियोनल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनाविरुद्ध अनुशासनात्मक मुद्दामा अनुसन्धान गर्ने भएको हो।

फिफाले समेत सो खबरलाई पुष्टि गरिसकेको छ। एक विज्ञप्ति जारी गर्दै फिफाले अर्जेन्टिनाको सो व्यवहारलाई लिएर अनुसन्धान हुने फिफाले जनाएको छ। फिफा अनुशासन समितिले अब अनुसन्धान अगाडी बढाउनेछ।

“फिफा अनुशासन समितिले नेदरल्यान्ड्स र अर्जेन्टिना फिफा विश्वकप खेलमा फिफा अनुशासन संहिताको धारा १२ (खेलाडी र अधिकारीहरूको दुर्व्यवहार) र १६ (खेलहरूमा आदेश र सुरक्षा) को सम्भावित उल्लङ्घनको विषयमा अनुसन्धान सुरु गरेको छ।”,फिफाले विज्ञप्ति जारी गर्दै भनेको छ।

प्रकाशित : , ०, ०१८:१६

विश्वकपबाट बाहिरिएपनि सान्तोस पोर्चुगलमै रहने, अन्त कतै नजाने !