मेस्सीसँग खेल्दा अचम्मित भएका थिए अस्ट्रेलियन खेलाडी, कला देखेर परेका थिए छक्क !

एजेन्सी – अस्ट्रेलियाका मिडफिल्डर केनु बाकसले लियोनेल मेस्सी विरुद्ध खेल्दा धेरै अचम्म लागेको बताएका छन्। एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा बाकसले मेस्सी विरुद्ध खेल्दा छुट्टै अनुभव मिलेको बताएका हुन्।

एक अन्तर्वार्ताका क्रममा बाकसलाई मेस्सी विरुद्ध खेल्दा कस्तो अनुभव भयो भनेर प्रश्न गरिएको थियो। सो प्रश्नको जवाफ दिनेक्रममा बाकसले मेस्सी विरुद्ध खेल्दा मेस्सी कति राम्रो खेल्छन् भन्ने कुरा धेरै नजिकबाट देख्न पाएको बताए।

मेस्सीले सबै ठाउँबाट आएको बललाई नियन्त्रण गरेको देखेर आफू छक्क परेको बाकसको भनाई छ। मेस्सी आफ्नो खेलमा पूर्ण विश्वस्त देखिएको र मेस्सीको खेललाई नजिकबाट हेर्न पाएको बाकसले बताए।

“मेस्सी वास्तवमा कति राम्रो छन् र कसरी खेल खेल्छन्, खेल हेर्छन् र यसलाई आफैंमा लिन्छन् भन्ने कुरा धेरै नजिकबाट देख्न पाइयो। त्यो साँच्चै गज्जबको अनुभव थियो। मेस्सीले जे गर्छन्, त्यो सबैले गर्न सक्दैनन्। मैदानको जुनसुकै ठाउँबाट बल प्राप्त गर्न, त्यसलाई नियन्त्रण गर्न र बललाई आफ्नो हिसाबले चलायमान बनाउन सबैले कहाँ सक्छन् र ?”,बाकसले मेस्सी विरुद्ध खेल्दाको अनुभाव सुनाए।

त्यसक्रममा बाकसले मैदानमा मेस्सी मैनको मूर्ति जस्तै देखिएको पनि बताए। मेस्सीलाई सधैं पछ्याउने गरेका कारण मैदानमा मेस्सी वास्तविक भन्दा पनि मूर्ति जस्तै देखिएको बाकसको भनाई छ। उनले भने,”मेस्सी हेर्नको लागि एक विशेष खेलाडी हुन्। मैदानमा उनी नक्कली देखिएका थिए। उनी अलिकति मैनको मूर्ति जस्तै देखिन्थे। उनी बिरूद्ध खेल्नु अचम्मको अनुभव थियो।”

प्रकाशित : , ०, ०१७:५५

नेदरल्याण्डस् हराएको अर्जेन्टिना माथि हुन सक्छ कारवाही, खुल्यो फाइल !