पेनाल्टी मिस गरेपछि केन भन्छन् – ‘गोल गर्छु भन्नेमा ढुक्क थिएँ’

एजेन्सी – गए राति इंग्ल्यान्डले विश्वकपको क्वाटरफाइनलमा साविक विजेता फ्रान्सको सामना गर्यो। खेलभर बलमा बढी नियन्त्रणमा राखेर पनि गोलका अवसरहरुलाई राम्रोसँग सदुपयोग गर्न नसक्दा इंग्ल्यान्ड अगाडी बढ्न सकेन।

खेलभर इंग्ल्यान्डले बलमा ५८ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर इंग्ल्यान्डले कुल १६ प्रहार गरेको थियो। जस मध्ये ८ प्रहार टार्गेटमा थिए। त्यस्तै फ्रान्सले भने मात्रै ८ प्रहार गरेको थियो। त्यसमा ५ प्रहार टार्गेटमा थिए।

फ्रान्स विरुद्ध इंग्ल्यान्डले राम्रो फिनिसिङ नै गर्न सकेन। खेलमा इंग्ल्यान्डले दुई पेनाल्टीको अवसर पाएको थियो। त्यसमध्ये एकमा सफल भएपनि अर्को पेनाल्टीमा भने असफल हुन पुग्यो। खेलको १७ औं मिनेटमा पछि परेपनि ५४ औं मिनेटमा इंग्ल्यान्ड पेनाल्टीमार्फत खेलमा फर्किएको थियो। ह्यारी केनले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। पेनाल्टी क्षेत्रभित्र चुआमेनीले बुकायो साकालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

खलको ७८ औं मिनेटमा ओलिभिएर जिरुडले हेडरमार्फत गोल गर्दै फ्रान्सलाई जित तर्फ अगाडी बढाएका थिए। तर सदुपयोग ८४ औं मिनेटमा बराबरी गर्ने अवसर पेनाल्टीको रुपमा पायो। थीओ हर्नान्डेजले मेसन माउन्टलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै पेनाल्टी दिएका थिए। दोस्रो पेनाल्टी अवसरमा भने कप्तान केन चुके। उनको प्रहार क्रसबारबाट माथि गएको थियो।

खेलपछि केनले पेनाल्टी प्रहार गर्नेक्रममा आफू विश्वस्त रहेपनि सहि तरिकाले हान्न नसकेको बताए। विश्वकपको क्वाटरफाइनलमा पेनाल्टी मिस गरेको क्षण आफूसँग सधैं रहने र त्यसको बोझ आफूले सधै बोक्न पर्ने केनको भनाई छ।

“खेल अगाडीको तयारी र प्रशिक्षणलाई दोष दिन म सक्दिन। दोष दिएर काम पनि छैन। पेनाल्टी प्रहार गर्नु अगाडी म विश्वस्त नै थिएँ, तर मैले आफ्नो योजनालाई सहि तरिकाले कार्यान्वयन गर्न सकिनँ।”,केनले भने।

यस्तै केनले इंग्ल्यान्डको भविष्य धेरै राम्रो रहेको बताउन भने छुटाएनन्। टोलीले आउने समयमा धेरै राम्रो गर्दै जाने केनको विश्वास छ। उनले भने,”निस्सन्देह, यो यस्तो घटना हो जुन सधैं म सँगै रहनेछ। तर हामीले एक अर्कामा गर्व गर्नुपर्छ। यो टोलीको भविष्य धेरै राम्रो छ।”

प्रकाशित : , ०, ०१४:४५

गोल्डेन बुटको दौडमा तीन खेलाडी, एक अर्कालाई दिँदै टक्कर ! को-को ?