रोनाल्डोलाई सन्यास लिन सुझाव, भनियो – ‘कि बेन्चमा रमाउन सक्नु पर्यो, होइन भने सन्यास लिन पर्यो’

एजेन्सी – पूर्वफुटबलर एले मोरेनोले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई राष्ट्रिय टोलीबाट सन्यास लिन आग्रह गरेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा मोरेनोले राष्ट्रिय टोलीबाट रोनाल्डोले सन्यास लिँदा राम्रो हुने बताएका हुन्।

इएसपिएनसँगको कुराकानीका क्रममा मोरेनोले उमेर ढल्कँदै गइरहेको अवस्थालाई मध्यनजर गर्दै रोनाल्डोले राष्ट्रिय टोली छाड्दा हुने बताए। रोनाल्डो जस्तो खेलाडी राष्ट्रिय टोलीमा झुण्डिएर बस्न नहुने मोरेनोको भनाई छ। राष्ट्रिय टोलीमा बस्ने मन भए रोनाल्डोले आफ्नो भूमिका परिवर्तन गर्न सक्ने मोरेनोले बताए।

मोरेनोका अनुसार रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टोलीमा युवा खेलाडीहरुका लागि स्थान खालि गर्नुपर्छ र बेन्चबाट आएर टोलीलाई सहयोग गर्ने भूमिका अविलम्ब गर्नुपर्छ। विश्वकप पनि सकिएकाले अहिले सन्यास लिन सबै भन्दा उपयुक्त समय रहेको मोरेनोको भनाई छ।

“क्रिस्टियानो रोनाल्डो केवल एक आम खेलाडी बन्न जन्मिएका होइनन्। अहिले सन्यास लिनको लागि सबै भन्दा धेरै राम्रो समय हो। तर राष्ट्रिय टोलीमा रहिरहने हो भने चाहिँ उनले आफ्नो भूमिका बदल्नुपर्छ। रोनाल्डोले कि बेन्चबाट आएर टोलीलाई सहयोग गर्ने भूमिकामा आफूलाई ढाल्नुपर्छ। तर होइन भने उनले सन्यास लिनु हुन्छ।”,मोरेनोले भने।

त्यसो भनिरहँदा मोरेनोले रोनाल्डो त्यसरी बेन्चबाट आएर खेल्ने खेलाडी नरहेको बताउन भने छुटाएनन्। रोनाल्डो बेन्चबाट आएर खेल्ने खेलाडी नरहेको हुँदा उनले राष्ट्रिय टोली छाड्दा नै राम्रो हुने मोरेनोको भनाई छ।

उनले भने,”रोनाल्डो बेन्चमा रमाउने र बेन्चबाट आएर खेल्ने खेलाडी होइनन्। रोनाल्डोले आफ्नो करियरभर अग्रपंक्तिमा रहेर खेलेका छन्। कुनै पनि प्रशिक्षकलाई अब रोनाल्डोलाई रोज्न गार्हो पर्छ। किनकि रोनाल्डो पहिला जस्तो रहेनन्।”

प्रकाशित : , ०, ०१४:३२

पेनाल्टी मिस गरेपछि केन भन्छन् – ‘गोल गर्छु भन्नेमा ढुक्क थिएँ’