केनले पेनाल्टी मिस गर्दा एम्बाप्पेको यस्तो रियाक्सन, तस्विर र भिडियो भए भाइरल !

एजेन्सी – गए राति इंग्ल्यान्डले विश्वकपको क्वाटरफाइनलमा साविक विजेता फ्रान्सको सामना गर्यो। खेलभर बलमा बढी नियन्त्रणमा राखेर पनि गोलका अवसरहरुलाई राम्रोसँग सदुपयोग गर्न नसक्दा इंग्ल्यान्ड अगाडी बढ्न सकेन।

खेलभर इंग्ल्यान्डले बलमा ५८ प्रतिशत नियन्त्रण राखेको थियो। खेलभर इंग्ल्यान्डले कुल १६ प्रहार गरेको थियो। जस मध्ये ८ प्रहार टार्गेटमा थिए। त्यस्तै फ्रान्सले भने मात्रै ८ प्रहार गरेको थियो। त्यसमा ५ प्रहार टार्गेटमा थिए।

फ्रान्स विरुद्ध इंग्ल्यान्डले राम्रो फिनिसिङ नै गर्न सकेन। खेलमा इंग्ल्यान्डले दुई पेनाल्टीको अवसर पाएको थियो। त्यसमध्ये एकमा सफल भएपनि अर्को पेनाल्टीमा भने असफल हुन पुग्यो। खेलको १७ औं मिनेटमा पछि परेपनि ५४ औं मिनेटमा इंग्ल्यान्ड पेनाल्टीमार्फत खेलमा फर्किएको थियो। ह्यारी केनले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। पेनाल्टी क्षेत्रभित्र चुआमेनीले बुकायो साकालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

खलको ७८ औं मिनेटमा ओलिभिएर जिरुडले हेडरमार्फत गोल गर्दै फ्रान्सलाई जित तर्फ अगाडी बढाएका थिए। तर सदुपयोग ८४ औं मिनेटमा बराबरी गर्ने अवसर पेनाल्टीको रुपमा पायो। थीओ हर्नान्डेजले मेसन माउन्टलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै पेनाल्टी दिएका थिए। दोस्रो पेनाल्टी अवसरमा भने कप्तान केन चुके। उनको प्रहार क्रसबारबाट माथि गएको थियो।

केनले पेनाल्टी मिस गर्ने बितिकै फ्रान्सका खेलाडीहरुको हौसाला बढेको थियो। फ्रान्सका युवा स्टार त केनले पेनाल्टी मिस गर्दा हाँसेका थिए। यतिबेला सामाजिक संजालमा एम्बाप्पे खुलेर हाँसेको तस्विर भाइरल भइरहेको छ।

प्रकाशित : , ०, ०१३:०२

विश्वकपको सेमिफाइनलमा पिएसजीका तीन साथी !