विश्वकपको क्वाटरफाइनलको समीकरण पूरा, अब को-को बढ्लान् अगाडी ?

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप – २०२२ को क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति पोर्चुगल र स्विट्जरल्यान्डबीचको खेलसँगै अन्तिम आठमा पुग्ने सबै ८ टोलीको टुंगो लागेको हो । साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगलले अन्तिम आठमा स्थान बनाएका छन् ।

नेदरल्यान्डस्ले अमेरिकालाई ३–१, अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१, फ्रान्सले पाेल्यान्डलाई ३–१, इंग्ल्यान्डले सेनेगललाई ३–०, ब्राजिलले दक्षिण काेरियालाई ४–१ ले र पाेर्चुगलले स्वीट्जरल्यान्डलाई ६–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेकाे छ ।

यस्तै क्राेएसियाले जापानलाई टाइब्रेकरमा ३–१ र माेरक्काेले स्पेनलाई टाईब्रेकरमै ३–० ले पराजित गरी क्वाटरफाइनलमा स्थान बनाएकाे छ । पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ । दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स, तेस्रो क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्ड तथा अन्तिम क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : , ०, ००९:५७

नेमारको फिर्तीसँगै आगो भएको ब्राजिल, घाइते हुँदाको पिडालाई यसरी सम्झिए !