एजेन्सी – पूर्व ब्ल्याकबर्न रोभर्स स्ट्राइकर क्रिस सट्टनले विश्वकपको प्रि-क्वाटरफाइनलमा स्विजरल्याण्डले पोर्चुगललाई पराजित गर्न सक्ने बताएका हुन्। एक मिडियाका लागि स्तम्ब लेख्दै सट्टनले स्विजरल्याण्डले पोर्चुगललाई पराजित गर्न सक्ने बताएका हुन्।
बीबीसीका लागि स्तम्भ लेख्दै सट्टनले पोर्चुगलसँग धेरै राम्रा खेलाडीहरु रहेपनि स्विजरल्याण्ड आत्मविश्वासले भरिपूर्ण हुने र पोर्चुगललाई हराउने दावी गरेका छन्। अन्तिम १६ मा सर्बियालाई पराजित गरेपछि स्विजरल्याण्डको आत्मविश्वास बढेको सट्टनको भनाई छ। नेसन्स लिगमा पराजित गरिसकेका कारण पनि स्विजरल्याण्ड उच्च मनोबल सहित खेल्ने सट्टनको अनुमान छ।
“पोर्चुगलसँग केही उत्कृष्ट खेलाडीहरू छन्, तर स्विजरल्याण्ड आत्मविश्वासले भरिपूर्ण हुनेछ। उनीहरुसँग सर्बियालाई हराएको अनुभव छ। साथै उनीहरुले पोर्चुगललाई नेसन्स लिगमा पनि पराजित गरेका थिए। त्यसैले पनि उनीहरु उच्च मनोबल सहित मैदानमा उत्रनेछन्।”,सट्टनले लेखेका छन्।
त्यस्तै सट्टनले पोर्चुगल जित वा हार दुवै रोनाल्डोमा भर पर्ने पनि बताएका छन्। उनका अनुसार रोनाल्डोले राम्रो खेले पोर्चुगलले जित्नेछ। तर रोनाल्डोले खराब खेलेको खण्डमा भने पोर्चुगल हार्नेछ। रोनाल्डोको स्थानमा अन्य खेलाडीलाई सुरुवाती ११ मा राख्दा धेरै राम्रो हुने सट्टनको भनाई छ।
खेल ९० मिनेट पछि पनि अगाडी बढेको खण्डमा रोनाल्डोलाई गार्हो हुन सक्ने सट्टनले आफ्नो स्तम्भमा उल्लेख गरेका छन्। खेल लम्भिएर पेनाल्टीमा गएको खण्डमा सुरु देखि अन्तिम सम्म खेल्न रोनाल्डोलाई खेल्न गार्हो पर्ने सट्टनको विश्लेषण छ।
उनी लेख्छन्,”पोर्चुगलको नतिजामा रोनाल्डो निर्णायक हुनेछन्। उनले राम्रो खेले पोर्चुगलले जित्न सक्नेछ, तर खराब खेलेको खण्डमा भने पोर्चुगल हार्नेछ। अझ भन्ने हो भने रोनाल्डोलाई सुरुवात देखि खेलाए पोर्चुगललाई घाटा हुनेछ। खेल लम्बिएको अवस्थामा रोनाल्डो अन्त्य सम्म खेल्न सक्छन् भन्ने प्रश्न उब्जिनेछ। त्यसलाई मध्यनजर गर्दै रोनाल्डोलाई बिचबाट खेलाउनु उचित हुनेछ।”