मेस्सीका अनुसार अर्जेन्टिना सहित यी हुन् विश्वकपक दाबेदार ! कुन-कुन देश ?

काठमाडौँ – अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले अर्जेन्टिना सहित चार टोली विश्वकपको दाबेदारको रुपमा रहेको बताएका छन्। यसपटक विश्वकप कसले जित्ला जस्तो लाग्छ भनेर गरिएको प्रश्नको जवाफ दिनेक्रममा मेस्सीले अर्जेन्टिना सहित चार टोली विश्वकपको मुख्य दाबेदारको रुपमा देखापरेको बताए।

अर्जेन्टिनालाई अष्ट्रेलिया विरुद्ध २-१ को जित दिलाएपछि उनले अर्जेन्टिना सहित चार टोली विश्वकपको दाबेदारको रुपमा रहेको बताए। त्यसक्रममा उनले क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलको नाम भने लिएनन्।

मेस्सीका अनुसार अर्जेन्टिना सहित स्पेन, फ्रान्स, ब्राजिल विश्वकपको दाबेदार रहेका छन्। पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा मेस्सीले अर्जेन्टिना दाबेदारमध्ये एक रहेको मात्र बताएनन्, अर्जेन्टिना फुटबलको पावरहाउस रहेको पनि बताए। अर्जेन्टिना दाबेदार मध्ये एक हो भन्ने प्रमाणित गर्न आउने खेलहरुमा पनि अष्ट्रेलिया विरुद्धको खेलमा जस्तै खेल्नुपर्ने मेस्सीको भनाई छ।

“अर्जेन्टिना पावर हाउस हो र सधैं उत्कृष्ट मध्येमा पर्छ। हामी दाबेदारमध्ये एक हौँ। त्यो प्रमाणित गर्न हामीले आगामी खेलमा राम्रो खेल्नुपर्छ। अष्ट्रेलिया विरुद्ध जस्तै खेल्न सके हामी दाबेदार हौँ भन्ने प्रमाणित हुनेछ।”,मेस्सीले भने,”क्यामरुनसँग हार्नका बाबजुद ब्राजिल ठूलो दाबेदार हो। उनीहरु अझै ठूलो दाबेदारको रुपमा रहेका छन्। एक–एक खेल हारेपनि फ्रान्स र स्पेन पनि धेरै राम्रो खेलिरहेका छन्।”

प्रकाशित : , ०, ०१७:१७

ब्राजिलले विश्वकपमा बनायो रेकर्ड, बन्यो इतिहासकै पहिलो टोली !