एजेन्सी – ब्राजिलका फरवार्ड रोड्रिगोले नेयमारसँग खेल्न पाउनु गर्वको कुरा रहेको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा रोड्रिगोले नेयमार आफ्नो लागि ‘आइडल’ रहेको र उनीसँग खेल्न पाउनु गर्वको कुरा रहेको बताएका हुन्।
क्यामरुन विरुद्धको खेलमा नेयमारले आफूहरु धेरै प्रेरणा दिएको रोड्रिगोले बताए। उनका अनुसार हारका बाबजुत पनि नेयमारले रोड्रिगोको प्रशंसा गरेका थिए। नेयमार आफ्नो लागि एक शिक्षक जस्तै रहेको उनको भनाई छ।
“नेयमारले मलाई खेल भन्दा पहिले धेरै आत्मविश्वास दिए। मलाई उनको समर्थन थियो। नेयमार मेरा लागि शिक्षक हुन्। साथै उनी मेरा आइडल समेत रहेका छन्। खेल्नु मेरो लागि सम्मानको कुरा हो।”,रोड्रिगोले भने।
क्यामरुन विरुद्धको खेलमा हारे बेहोरेपछि नेयमारले आफूलाई हारलाई बिर्सिएर अगाडी बढ्न सुझाव दिएको रोड्रिगोले सुनाए। नेयमारले आफूलाई यस्तै खेलाडी अगाडी बढ्न सुझाव दिएको उनको भनाई छ।
उनले भने,”खेलको अन्त्यमा, उनले मेरो प्रशंसा गरे। साथै यस्तै खेल्दै जान मलाई सुझाव समेत दिए। क्यामरुन विरुद्धको खेललाई भुलेर अगाडी बढ्न उनको सुझाव थियो।
विश्वकपको समूहचरणको अन्तिम खेलमा ब्राजिल क्यामरुनसँग पराजित भएको थियो। सो खेलमा रोड्रिगो सुरुवाती ११ मा थिए। उनले ५५ मिनेट सम्म मैदानमा रहेर खेल्न पाएका थिए। उनले अहिले सम्म ब्राजिलका लागि १० खेल खेलिसकेका छन्। यस बीचमा उनले ब्राजिलका लागि एक गोल गर्दा एक असिस्ट दिएका छन्।