कतार – फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलमा साविक विजेता फ्रान्सले पोल्यान्डविरुद्ध पछिल्लो खेलबाट ९ खेलाडी परिवर्तन गरेको छ । ट्युनिसियाविरुद्ध पहिलो रोजाइमा खेलेको टोलीबाट राफाएल भारान र ओरेलिएन चुआमेनीले मात्र अन्तिम टोलीमा स्थान बनाएका छन् ।
फ्रान्सले ट्युनिसियासँग १-० को हार बेहोरेपनि समूह विजेता बनेको थियो । आजको खेलमा भने प्रशिक्षक डीडीएर डेसच्याम्प्सले बलियो टोली उतारेका छन् । यता पोल्यान्डले टोलीमा दुई परिवर्तन गरेको छ । मिडफिल्डमा जाकुब कामिन्सकी र सबास्टियन जिमान्सकी खेल्नेछन् । कप्तान रोबर्ट लेवान्डोस्कीले आक्रमण सम्हाल्दा प्रतियोगितामा दुई पेनाल्टी रोकिसकेका गोलरक्षक वोजसिएक सेचेज्नीमाथि सबैको नजर हुनेछ ।
फ्रान्स :
ह्युगो लोरिस / जुल्स कुन्डे – राफाएल भारान – डायोट उपामेकानो – थिओ हर्नान्डेज / ओरेलिएन चुआमेनी / एन्टोइन ग्रिज्मन – एड्रीएन राबीओट / ओस्मान डेम्बेले – ओलिभिएर जिरुड – किलीयन एमबाप्पे
पोल्यान्ड :
वोजसिएक सेचेज्नी / म्याटी क्यास – कामील जिल्क – जाकुब किविओर – बार्सोज बेरेजेन्स्की / जाकुब कामिन्सकी – ग्रेगोर्ज क्रिकोविआक / प्रेम्स्ला फ्रान्कोस्की – सबास्टियन सिमान्सकी – पिटर जिएलिन्स्की / रोबर्ट लेवान्डोस्की