गोल्डेन बुटको दौडमा मिसिए मेस्सी, दौडमा छन् को-को ? [सूची सहित]

एजेन्सी – गएराति अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले फुटबलर करियरको हजारौं खेल खेले। विश्वकप अन्तर्गत प्रि-क्वाटरफाइनल अन्तर्गत अष्ट्रेलिया विरुद्धको खेलमा मैदानमा उत्रिएसँगै मेस्सीको खेल संख्या १ हजार पुगेको हो।

हजारौं खेलमा मेस्सीले उत्कृष्ट प्रदर्शन समेत गरे। मेस्सीले अहिले सम्म विश्वकपको नकआउटमा गोल गर्न सकेका थिएनन्। तर अष्ट्रेलिया विरुद्ध उनले नकआउटको पहिलो गोल गरे। त्यसक्रममा मेस्सीले

२-१ ले अर्जेन्टिना विजयी भएको खेलको ३५ अ‍ौं मिनेटमा अर्जेन्टिनाले मेस्सीको गोलमा सुरुवाती अग्रता बनाउन सफल भएको थियो। मेस्सी आफैंले पेनाल्टी क्षेत्र बाहिरबाट पास खेल्दै सुरु गरेको मुभ गोलमा परिणत भएको थियो। निकोलस अ‍ोटामेन्डीले पेनाल्टी क्षेत्रभित्र रोकेको बलमा मेस्सीको प्रहार डिफेन्डरको खुट्टा मुनि हुँदै गोलरक्षक पार भएको थियो।

खेलभर उत्कृष्ट प्रदर्शन गरेका कारण मेस्सी प्लेयर अफ दि म्याच समेत चुनिए। अष्ट्रेलिया विरुद्धको खेलमा गोल गरेसँगै मेस्सीको गोल संख्या ३ पुगेको छ। जससँगै मेस्सी विश्वकप गोल्डेन बुटको दौडमा पनि सामेल भएका छन्।

जारी विश्वकपमा मेस्सी भन्दा बाहेक अन्य ५ खेलाडीले ३ गोल गरेका छन्। तीन गोल गर्ने खेलाडीहरुमा लियोनेल मेस्सी, फ्रान्सका किलियन एम्बाप्पे, इक्वेडरका इनर भ्यालेन्सिया, नेदरल्यान्ड्सका कोडी गाक्पो, स्पेनका अल्भारो मोराटा र इंग्ल्याण्डका मार्कस रासफोर्ड रहेका छन्।

प्रकाशित : , ०, ०११:२३

विश्वकप उडाउने दाउमा रहेका मेस्सीले १००० औं खेलमा गरे ताण्डव, यस्तो उत्कृष्ट गरे प्रदर्शन [भिडियो सहित]