विवादमा जापानको गोल !

दोहा, कतार विश्वकप फुटबल प्रतियोगिताको सबभन्दा विवादास्पद गोल जापानले स्पेनविरुद्ध गरेको दोस्रो गोल रह्यो। सो गोलले सोही समयमा कोस्टारिकाविरुद्ध खेलिरहेको जर्मनीलाई प्रतियोगिताबाटै बिदा ग-यो। यो समाचार गोरखापत्रमा प्रकाशित छ।

सो गोलको विवाद चुलिएपछि फिफाले शुक्रबार राति आफ्नो धारणा राखेको छ। खेलको ५१औँ मिनेटमा काउरो मिटोमाले आयो तानाकालाई गोल गर्न पास मिलाइदिने क्रममा बल आउट भइसकेको स्पष्ट देखिएको थियो।

तर फिफाले बल पूरा रूपमा टच लाइनभन्दा बाहिर नगएको र सो गोलमा भिडियो रिभ्युको निर्णय सही भएको बताएको छ। विश्वकपमा भिडियो रिभ्यु पछिल्लो संस्करणदेखि प्रयोग गरिएको हो।

प्रकाशित : , ०, ००८:४२

ब्राजिललाई ठूलो राहत, घाइते नेयमार प्रशिक्षणमा फर्किए !