अमेरिका र डच टोली दुईको सुरुवाती ११ सार्वजनिक ! टोलीमा को-को परे ?

कतार – फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिका भिड्दैछन् । खेलका लागि दुवै टोलीले सुरुवाती ११ घोषणा गरेका छन् ।

अमेरिकाले पछिल्लो खेलबाट टोलीमा २ खेलाडी परिवर्तन गरेको छ । इरानविरुद्ध १-० को जित दर्ता गर्दा विजयी गोल गरेका क्रिस्टियन पुलिसिच सुरुवाती रोजाइमा अटाएका छन् । इरानविरुद्ध पहिलो हाफको अन्त्यतिर गोल गर्दा घाइते भएपछि दोस्रो हाफ खेलेका थिएनन् । आज अमेरिकाले आक्रमणमा जेसस फरेरालाई स्थान दिएको छ । विश्वकपमा उनले पहिलो पटक खेल्ने अवसर पाएका हुन् ।

त्यस्तै डिफेन्समा पनि अमेरिकाले एक परिवर्तन गरेको छ । पछिल्लो खेलमा बेन्चमा बसेका डिफेन्डर वाल्कर जिम्मरम्यान सुरुवाती रोजाइमा फर्केका छन् । सुरुवाती दुई खेल पहिलो रोजाइमा खेलेका उनी इरानविरुद्ध बेन्चमा थिए । उक्त खेल खेलेका क्यामरन कार्टर भिकर्स भने बेन्चमा छन् ।

यता नेदरल्यान्ड्सले कतार विरुद्ध २-० को जित दर्ता गरेको टोलीबाट कुनै खेलाडी परिवर्तन गरेको छैन । यसअघिका खेलमा लगातार सेन्टर मिडफिल्डर परिवर्तन गरेको डच टोलीले यसपटक भने कुनै परिवर्तन गरेन । पुन: एकपटक कोडी गाक्पो र मेमेफिस डिपाएले नै नेदरल्यान्ड्सको आक्रमण सम्हाल्नेछन् ।

नेदरल्यान्ड्स सुरुवाती ११ :

एन्द्रिज नोपर्ट / जुरिएन टिम्बर – भर्जील भान डाइक (कप्तान) – नाथन आके / डेन्जल डम्फ्रिज – फ्रेंकी डे जोङ – मार्टेन डे रुन (टिउन कुपमेनर्स) – डेली ब्लिन्ड / डेभि क्लासेन

कोडी गाक्पो – मेम्फिस डिपाए

अमेरिका सुरुवाती ११ :

म्याट टर्नर / सर्जिनो डेस्ट – टिम रीम – वाल्कर जिम्मरम्यान – एन्टोनी रबिन्सन / वेस्टन मकेनी – टाइलर एडम्स (कप्तान) – युनुस मुसाह / क्रिस्टियन पुलिसिच – टिमोथी वेह – जेसस फरेरा

प्रकाशित : , ०, ०१९:५१

नकआउटमा मेस्सीको उत्कृष्ट प्रदर्शन, अर्जेन्टिना क्वाटरफाइनलमा !