स्पेन नकआउटको सँघारमा, जापानसँग हारेपनि नकआउट पुग्न सक्ने !

दोहा,  जर्मनीविरुद्ध अन्तिम समयमा गोल बेहोरेर जितबाट वञ्चित भएको स्पेनलाई विश्वकप फुटबलको नकआउट चरणमा स्थान पक्का गर्न बिहीबार जापानविरुद्धको खेलमा केही मिहिनेत गर्न बाँकी भएको छ। जर्मनीविरुद्धको जितले स्पेनलाई जापानविरुद्धको खेल अगाडि नै प्रिक्वाटरफाइनलमा पुर्याउने थियो।

तर जर्मनीका स्थानापन्न खेलाडी निक्लस फ्युलक्रुगले सात मिनेट बाँकी छँदा गोल गरेपछि स्पेनको पर्खाइ लम्बिएको हो। समूह ‘ई’अन्तर्गत सोही समयमा हुने जर्मनी र कोस्टाविरुद्धको नतिजा आफूअनुकूल आएमा जापानसँग हारेपनि स्पेन प्रिक्वाटरफाइनलमा पुग्ने स्थिति छ। यो समाचार गोरखापत्रमा प्रकाशित छ।

जापानले नकआउटमा पुग्न सहज छैन। तर बलियो स्पेनविरुद्धको जितले जापानलाई लगातार दोस्रो पटक विश्वकपको नकआउट चरणमा पुर्याउनेछ। पहिलो खेलमा जर्मनीलाई स्तब्ध पारेको जापानमा स्पेनलाई हराउने क्षमता पनि छ। तर जापानले कोस्टारिकासँग पराजय बेहोरेर आफूलाई कठिन स्थितिमा पारेको छ। स्पेनविरुद्ध हार बेहोरेमा भने जापान घर फर्कनेछ। पछिल्लो संस्करणमा जापान प्रिक्वाटरफाइनलमा बेल्जियमसँग पराजित भएको थियो। समूह ‘ई’मा स्पेन चार अङ्कसहित शीर्षस्थानमा रहेको छ। जापान र कोस्टारिकाको तीन–तीन र जर्मनीको एक अङ्क रहेको छ।

जापानविरुद्धको खेलमा उदीयमान किशोर खेलाडी जाभीले खेल्नेमा द्विविधा छ। जर्मनीविरुद्धको खेलमा जाभीलाई चोट लागेको थियो। त्यसपध्ध्छि उनले  टिमसँग अभ्यास पनि गरेनन् । यद्यपि स्पेनले जाभी फिट भइसकेको बताएको छ। उनले खेले पनि पहिलो रोजाइमा नखेल्ने पक्का छ।

जापानविरुद्ध सुरुका दुई खेलमा स्थानापन्न खेलाडीका रूपमा मैदान छिरेर गोल गर्ने स्ट्राइकर अल्भारो मोराटाले पहिलो रोजाइमा खेल्ने सम्भावना बलियो छ। गत वर्ष टोकियो ओलम्पिक्सको सेमिफाइनलमा जापान र स्पेनको यू–२३ टिम भिडेका थिए।

जसमा स्पेन विजयी भएको थियो। अहिले यी दुवै टिममा सो खेल खेलेका खेलाडीहरूको बाहुल्य रहेको छ। जसमा जापानलाई अतिरिक्त समयमा हराउन निर्णायक गोल गर्ने स्पेनका मार्को एसेन्सियो पनि रहेका छन्।

प्रकाशित : , ०, ००८:२३

जसले आफ्नै जन्मभूमिलाई हराए …