एजेन्सी – वेल्सका कप्तान ग्यारेथ बेलले तत्काल अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास नलिने भएका छन्। गएको केहि समय देखि बेलले विश्वकप पछाडी सन्यास लिने चर्चा चलिरहेको भएपनि बेलले तत्काल सन्यास नलिने भएका हुन्।
मंगलबार राति विश्वकपको समूहचरणको अन्तिम खेलमा वेल्स इंग्ल्याण्सँग पराजित भयो। त्यससँगै वेल्सका लागि विश्वकप सकियो। खेल सकिएपश्चात बेलले आफू तत्काल राष्ट्रिय टोलीबाट सन्यास लिने पक्षमा नरहेको संकेत गरे।
बेलका अनुसार इनी शरीरले साथ दिएसम्म खेल्ने योजनामा रहेका छन्। बेलले विश्वकपबाट बाहिरिँदा नराम्रो लागेपनि पुनः विश्वकप छनौट सुरु हुने र आफूहरु त्यसको तयारीमा जुट्ने बताए। राष्ट्रिय टोलीबाट खेल्दा बेल अझ बढी सन्तुष्ट हुन्छन् भन्ने संकेत उनले सो कुराकानीका क्रममा पनि गरे।
“म सकेसम्म खेल्न चाहन्छु, सक्दो अगाडी बढ्न चाहन्छु। यो एक कठिन क्षण हो। तर स्पष्ट रुपमा हामी अगाडी बढ्छौं। मार्च देखि पुनः विश्वकप छनौट अभियान सुरु हुन्छ। हामी त्यसैको तयारीमा लाग्छौं। केहि महिना अन्तर्राष्ट्रिय फुटबल देखि टाढा रहनुपर्नेछ। तर जे होस् पछि म पनि सामेल हुन्छु भन्ने आशा राखौं न।”,बेलले भने।
बेल गएको केहि वर्ष देखि उच्च लयमा छैनन्। बेललाई शरीरले साथ दिरहेको छैन। पछिल्ला वर्षहरुमा उनी कयौं पटक घाइते भइसकेका छन्। बेल मंगलबार मात्रै पनि घाइते भएका थिए। खबरका अनुसार बेलको ह्यामस्ट्रिङमा चोट लागेको छ।