बार्यमा म्युनिखबाट पुन: रिजेक्ट भए रोनाल्डो, कानले नै गरे घोषणा !

जर्मन च्याम्पियन बार्यन म्युनिखले पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध नगर्ने घोषणा गरेको छ। बार्यन सिइओ ओलिभर कानले क्लबले धेरै छलफल गरेर यो निर्णय लिएको बताएका छन्। पियर्स मोर्गनसँग हालै मात्र निकै आक्रामक अन्तर्वार्ता दिएपछि प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले रोनाल्डोलाई रिलिज गरेको थियो। हाल विश्वकपमा केन्द्रित रहेका रोनाल्डो फ्री-एजेन्ट रहेका छन्।

यस्तोमा, विश्वकप लगत्तै सुरु हुने जनवरी ट्रान्सफर विन्डोमा धेरै क्लबले ३७ वर्षीय स्टारलाई अनुबन्ध गर्न खोज्ने आशा गरिएको छ। तर ती क्लब मध्ये जर्मन च्याम्पियन भने नहुने भएको छ। ट्रान्सफर गुरु फाब्रिजियो रोमानोका अनुसार बायर्नको ओलिभर कानले भने, “म क्रिस्टियानो रोनाल्डोको लागि कदम अस्वीकार गर्न सक्छु। हामीले यसलाई विचार गरेका थियौं, यो हाम्रो कामको हिस्सा थियो – हामी सबै रोनाल्डोलाई माया गर्छौं तर रणनीति फरक छ। हामीसँग स्पष्ट विचार छ, हाम्रो टोली कसरी एकसाथ राख्ने भन्ने स्पष्ट मर्गदेशन छ र हामी रोनाल्डोका लागि वार्तामा अगाडि बढ्ने छैनौं।”

गत समरमा नै युनाइटेड छाड्न चाहेका रोनाल्डोले उचित क्लब फेला पार्न नसकेपनि प्रिमियर लिग मै बस्न बाध्य भएका थिए। त्यसबेला पनि रोनाल्डोको नाम जर्मन क्लबसँग जोडिएपनि बार्यन म्युनिखले रोनाल्डो अनुबन्ध नगर्ने स्पष्ट पारेको थियो।

प्रकाशित : , ०, ०१७:३४

जर्मनी माथि कारवाही, जरिवानासहित दिइयो चेतवानी !