एजेन्सी – गए राति कतार विश्वकप अन्तर्गत समूहचरणको दोस्रो खेलमा उरुग्वे पराजित भयो। लुसले रंगशालामा पोर्चुगल विरुद्ध भएको खेलमा उरुग्वे पराजित भएको हो। सोमबार राति विश्वकपको पहिलो जित निकाले योजना सहित मैदानमा उत्रिए पनि उरुग्वेका खेलाडीहरुको प्रयास पर्याप्त हुन सकेन।
खेलभर उरुग्वे गोलमा मात्र पछि परेन बल नियन्त्रण र आक्रमणमा पनि पछि पर्यो। खेलभर उरुग्वेले बलमा मात्रै ४० प्रतिशत नियन्त्रण राखेको थियो। उरुग्वेको तर्फबाट कुल ११ प्रहार भएका थिए। जस मध्ये ३ प्रहार टार्गेटमा थिए। तर कुनै पनि पप्रहार गोलमा भने परिणत हुन सकेनन्। जबकी पोर्चुगलको तर्फबाट भने खेलभरमा कुल १५ प्रहार भएका थिए।
पोर्चुगलसँग पराजित भएसँगै उरुग्वे समूहको पुच्छरमा झरेको छ। उरुग्वेले पोर्चुगलसँग पराजित हुनु भन्दा अगाडी दक्षिण कोरियासँग बराबरी खेलेको थियो। विश्वकपको नकआउटमा पुग्नको लागि अब उरुग्वेले अन्तिम खेलमा जितेर मात्र पुग्ने छैन, अरुको खेलमा पनि भर पर्नुपर्नेछ।
समूहचरणको अन्तिम खेलमा उरुग्वेले घानाको सामना गर्दैछ। विश्वकपको अर्को चरणमा पुग्नको लागि सो खेलमा उरुग्वेले जसरी पनि जित्नुपर्नेछ। साथ-साथै अन्तिम खेलमा दक्षिण कोरियाले पोर्चुगलसँग हार्नुपर्नेछ। त्यस अवस्थामा पोर्चुगल र दक्षिण कोरियाले बराबरी खेलेपनि उरुग्वे अर्को चरणमा पुग्नेछ।
घाना विरुद्धको खेलमा बराबरी खेले मात्रै पोअनी उरुग्वे प्रतियोगिताबाट बाहिरिनेछ। घाना विरुद्धको खेलमा जसरी पनि जित निकाल्नै पर्ने दबाव उरुग्वेलाई हुनेछ।