फर्नान्डेसको गोल खोस्न खोजेको भन्दै नमाज्जाले ट्रोल भए रोनाल्डो, भन्नु सम्म भनियो !

फिफा विश्वकपमा समूह एचमा उरुग्वेलाई २–० ले पराजित गर्दा ब्रुनो फर्नान्डेसले गरेको गोलको श्रेय पोर्चुगलका चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोले लिएपछि फ्यानहरूले उनलाई क्रूर रूपमा ट्रोल गरेका छन्। ३७ वर्षीय रोनाल्डोले आफ्नो नवौं फिफा विश्वकप गोलको रूपमा उत्सव मनाए।

रोनाल्डोले श्रेय लिनेपनि फर्नान्डेसले गोलको श्रेय पाएका छन्। जसपछि धेरैले रोनाल्डोले बल नछोएको कारण उनको उत्सवको खिल्ली उडाइरहेका छन्। खेलको ९३ औं मिनेटमा रेफ्री अलिरेजा फघानीले ह्यान्डबलको विवादास्पद पेनाल्टी दिएपछि फर्नान्डेसले पोर्चुगलको अग्रता दोब्बर बनाए। यस जितपछि सेलेकाओ दास क्विनासले फिफा विश्वकपको अन्तिम १६ मा आफ्नो स्थान पक्का गरिसकेका छन् र प्रभावशाली तरिकाले गरेका छन्।

तर, खेलपछिको अधिकांश चर्चा क्रिस्टियानो रोनाल्डोले फर्नान्डेसको गोलको श्रेय लिन खोजेको देखिएको छ। जित पछि, उनी युनाइटेड मिडफिल्डरसँग हाँस्दै गरेको देखिए, तर यसले समर्थकहरूलाई उनको उत्सवको मजाक गर्नबाट रोकेको छैन। ट्वीटरमा रोनाल्डोको मजाक बनाउने केही प्रतिक्रियाहरू यस्ता छन्:

प्रकाशित : , ०, ०१३:०२

जत्तिनै उत्कृष्ट टोली भएपनि नेयमार बिना ब्राजिलले संघर्ष गर्नुपर्ने सिल्भाको बुझाई !