विश्वकप: आज हुँदै चार खेल, वेल्स र इंग्ल्याण्ड आमने-सामने !

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज (मंगलबार) देखि समूह चरणको अन्तिम खेलहरुमा प्रतिस्पर्धा हुँदैछ ।आज मंगलबार समूह ‘ए’ र समूह ‘बी’ काे अन्तिम दुई खेलमा प्रतिस्पर्धा हुनेछ । नतिजामा प्रभाव पर्ने सम्भावना कारण हरेक समूहका तेस्राे तथा अन्तिम खेल एकै समयमा गरिने प्रावधान छ। समूह ‘ए’ मा रहेको नेदरल्याण्ड्स र कतार तथा इक्वेडर र सेनेगलबीचको खेल राति ८ः४५ बजे हुनेछ ।

यस समूहबाट आयोजक कतार लगातार दुई खेल हार्दै बाहिरिसकेको छ । बाँकी तीन टिम नेदरल्यान्ड्स, इक्वेडर र सेनेगलमध्ये दुई टिम नकआउट चरणमा पुग्नेछन् ।

नेदरल्याण्ड्स र इक्वेडरको समान ४ अंक छ । अपराजित दुवै समूह विजेता बन्दै नकआउट चरणमा पुग्ने लक्ष्यमा हुनेछ । यस्तै सेनेगल ३ अंकसहित शीर्षमा छ । कतार अंकविहीन छ ।

नेदरल्याण्ड्स र इक्वेडर आफ्नो खेलमा बराबरीको नतिजा ल्याएपनि अन्तिम १६ मा पुग्नेछन् । सेनेगलका लागि अन्तिम १६ मा पुग्न इक्वेडरलाई हराउनै पर्नेछ । कतार पनि आफ्नो अन्तिम खेललाई सुखद् बनाउन चाहन्छ । नेदरल्यान्ड्स बराबरीमा रोकिदा इक्वेडर र सेनेगलमा जित्ने टोली समूह विजेता बन्नेछ ।

यस्तै समूह बी मा रहेको इंग्ल्याण्ड र वेल्स तथा अमेरिका र इरानबीचको खेल राति १२ः४५ बजे हुनेछ । यस समूहबाट सबै चारै टोलीको नकआउट चरण पुग्ने सम्भाावना छ । यद्यपि तुलनात्मक रुपमा इंग्ल्याण्ड र इरानको सम्भावना अलि बढी छ । इंग्ल्यान्डको ४, इरानको ३, अमेरिकाको २ र वेल्सको १ अंक छ ।

इंग्ल्याण्डलाई नकआउट चरण पुग्न वेल्ससँग बराबरी गरेपनि पर्याप्त हुनेछ । वेल्सलाई पराजित गरेमा इंग्लयाण्ड समूह विजेता नै बन्नेछ । वेल्सका लागि भने इंग्ल्याण्डलाई हराउनुको विकल्प छैन र अर्को खेल खेलको नतिजा पनि आफू अनुकल आउनुपर्नेछ ।

यस्तै अमेरिकालाई पराजित गरे इरान नकआउट चरणमा पुग्नेछ । इंग्ल्याण्ड र वेल्सको खेल बराबरीमा सकिएमा इरानले अमेरिकासँग हार भोगेपनि नकआउट चरणमा पुग्नेछ । अमेरिकाले भने नकआउट चरणमा पुग्न इरानलाई पराजित गर्नुपर्नेछ ।

समूह चरणको दोस्रो राउन्डको खेल सकिदा तीन टोली (फ्रान्स, ब्राजिल र पोर्चुगल) ले नकआउट चरणको यात्रा तय गर्दा आयोजक कतार र क्यानडा यस विश्वकपबाट बाहिरिने टोली बनेको छ ।

मंगलबार हुने खेल

इक्वेडरविरुद्ध सेनेगल (राति ८ः४५ बजे) / नेदरल्यान्ड्सविरुद्ध कतार (राति ८ः४५ बजे) / वेल्सविरुद्ध इंग्ल्यान्ड (राति १२ः४५ बजे) / इरानविरुद्ध अमेरिका (राति १२ः४५ बजे)

प्रकाशित : , ०, ००९:३३

नक-आउट खेलमा सेनेगल र इक्वेडर भिड्दै, जो जित्यो त्यो अगाडि बढ्यो !