फाती माथि दुई क्लबको नजर !

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका नम्बर १० अन्सु फाती गएको केहि समय देखि उच्च लयमा छैनन्। निरन्तर चोटले दुख दिँदा उनको प्रदर्शन अपेक्षा गरिएजस्तो हुन सकिरहेको छैन। पछिल्लो समय उनले बार्सिलोनामा खासै मौका पनि पाउन सकिरहेका छैनन्।

बार्सिलोनामा कम भन्दा कम खेल्ने समय मात्रै पाउन थालेसँगै फाती अन्यत्र जाने हो कि भन्ने बारे सोच्न बाध्य भएको स्पेनिस मिडियाहरुको भनाई छ। स्पेनिस मिडियाहरुका अनुसार फाती खेल्ने समय पाउनको लागि अन्यत्र जान चाहन्छन्।

पछिल्ला सिजनहरुमा फाती निरन्तर घाइते भएका थिए। तर गएको केहि समय देखि उनी चोटमुक्त छन्। चोटमुक्त भएर पनि उनले टोलीमा नियमित खेल्ने समय पाउन सकिरहेका छैनन्। उनले बार्सिलोनाका लागि यस सिजन लालिगामा १४ खेल र च्याम्पियन्स लिगमा ६ खेल खेलेका छन्। जसमध्ये पाँच खेलमा मात्रै उनी सुरुवाती ११ को रुपमा मैदान प्रवेश गरेका छन्।

स्पेनिस मिडियाहरुले गरेको दावीलाई मान्ने हो भने फातीलाई युरोपका दुई ठूला क्लबहरुले भित्र्याउन चाहेका छन्। फाती माथि नजर रहेका क्लबहरुमा चेल्सी र पेरिस सेन्ट जर्मेन(पिएसजी) रहेका छन्। दुवैले फातीलाई नजिकबाट नियालिरहेको बताइन्छ।

फातीलाई चेल्सी र पिएसजी दुवैले प्रस्ताव राखिसकेको क्याटालान आउटलेट एल नासियोनलले जनाएको छ। पिएसजीक प्रमुख नासेर अल-खेलाफीले पनि २० वर्षीय स्पेनी अन्तर्राष्ट्रिय खेलाडीलाई नजिकबाट नियालिरहेको बताइन्छ।

प्रकाशित : , ०, ०१५:५९

विश्वकप उपाधि हाल्नुपर्छ भनेर खाली सुटकेस बोकेर कतार पुगेका छन् यी इंग्ल्याण्ड स्टार !