नेयमारलाई धेरै मन पर्छ इंग्ल्याण्डका यी दुई खेलाडी, भन्छन् – ‘इंग्ल्याण्डले विश्वकप जित्न सक्छ’

एजेन्सी – ब्राजिलका स्टार फुटबलर नेयमारको भनाईलाई मान्ने हो भने इंग्ल्याण्डले यसपटक विश्वकप जित्न सक्छ। एक मिडियासँग कुराकानी गर्नेक्रममा नेयमारले यसपटकको विश्वकप इंग्ल्याण्डले जित्न सक्ने बताएका हुन्।

इंग्ल्याण्डसँग धेरै राम्रा खेलाडी रहेको र इंग्ल्याण्डले विश्वकप जित्न सक्ने नेयमारले बताए। त्यसक्रममा नेयमारले इंग्ल्याण्डका मन पर्ने दुई खेलाडीको नाम पनि लिए। नेयमारका अनुसार जेडन सान्चो र ह्यारी केन उनलाई धेरै मन पर्ने खेलाडी हुन्।

“मैले इंग्ल्याण्डलाई बिर्सिएको थिएँ। तर स्पष्ट रूपमा उनीहरूसँग विश्वकप जित्न सक्ने अवसर छ। मलाई वास्तवमै [जेडोन] सान्चो र [ह्यारी] केन मन पर्छ। दुवै अविश्वसनीय खेलाडी हुन्। म उनीहरुको प्रशंसक हुन्। दुवै धेरै राम्रो गुणहरू भएका खेलाडीहरू हुन्।”,नेयमारले भने।

केन सधैँजस्तै विश्वकपमा इङ्लिस आक्रमणको नेतृत्वकर्ता हुनेछन्। केन वेन रुनीको ५३ गोलको कीर्तिमान तोड्न दुई गोलले मात्रै पछि छन्। विश्वकपमा उनले यो रेकर्ड तोड्ने लगभग पक्का जस्तै छ। यस्तै सान्चो भने विश्वकप टोलीमा छैनन्।

प्रकाशित : , ०, ०१५:०६

विश्वकपको मुख मै रोनाल्डो भए बिरामी, कति खेल गुमाउने ?